Saturday, August 15, 2015

सुस्ताएको नेपाली फुटबल कसरि व्युतेला?

भारत नेपाली फुटबलकै हाराहारिको टोली भए पनि हाल भारत एसियाकै उदयमान टिम बन्ने तिर लम्किरहेको छ। विशेष गरेर ISLबाट विश्व फुटबलकै ध्यान आकर्षित गरि फुटबलमा राम्रो छलाङ मारेको छ।नेपाल भारतलाइ हराउन सक्ने टोली भए पनि भारत चै नेपालसँग हार्ने टोली होइन।

नेपालले घोषणा गरेको टिममा सबै पुरानै अनुहारको बाहुल्यता छ,नयाँ अनुहारमा पनि खास उत्साह जाँगर र जोसको अभाव छ,उमेर घटि भएर मात्रै हैन मानसिक रुपमा कुनै कोहि खेलाडि पनि हाल अन्तराष्ट्रिय खेल खेल्न तयार देखिन्नन,एन्फाको कमजोर व्यवस्थापन,लामो समय देखिको कमजोर प्रदर्शन,गोलको अभाव,एन्फामा भएको भ्रष्टचार काण्डले खेलाडि पुरै मानसिक रुपमा कमजोर अवस्थामा छन। जोस जाँगर जति सबै किनारा लागेका छन। टिममा परिहालियो खेल्दिनै पर्यो, जित्ने आखिर हैन भन्ने तिरै मानसिकता गएको पाइन्छ।दर्शकको त झन मानसिक विचलनको कुरै नगरौ, अब दर्शक पनि नेपालको जित,नेपाली स्ट्राइकरले गोल गर्लान भन्ने विश्वास लिनै छाडि सकेका छन। पछिल्लो समय नेपाली क्रिकेटको छलाङले फुटबललाइ ओझेलमा पारेको छ त्यसको एक मात्र कारण क्रिकेटको सफलता नभइ फुटबलको असफलता हो । फुटबल खेलको राजा हो,नेपालमा यसको क्रेज निकै दमदार छ,राष्ट्रिय टिमको खेलमा दर्शक टिकट पाउन निकै दुख गर्न गर्छन तर त्यसलाइ नेपाटि टिमले न्याय दिन सकेको छैन, आँखा भरि आसु पारेर नेपाली दर्शक फर्किन वाध्य छन, यसको अन्य नेपालको जितबाट मात्र सम्भव छ जुन नेपाली टिमले दिन सकेको छैन।

नवयुग श्रेष्ठ टिममा परेका छन,उनी निकै राम्रा फिनीसर हुन। विमल घर्तिमगरको जोस अहिले खै कता रुमलिएकोछ उनको उपस्थिति पनि खास दमदार छैन।टिम वर्क, पास र बल होल्ड कुन चराको नाम नेपाली टिममा अत्तो पत्तो छैन।कोच के गरेर बस्छन त्यो कसैलाइ मतलब छैन,उनी नेपाली टिम सपार्न आएका हुन या विगार्न आएका हुन त्यो पनि सबै वेखबर छन।

आसन्न भारत विरुद्धको खेलका लागि नेपाली टिमको घोषणा भएको छ तर यसको लहर सुन्य प्राय छ।किनकि अपेक्षा ज्यादै कम छ।दर्शकमात्र हैन खेलाडि,कोच र व्यवस्थापनमा पनि कमजोर मानसिकता छ। के कसरी नेपाली फुटबललाइ व्यूताउने?यो जिम्मेवारि लिएर बसेको एन्फा किन निर्लज्ज भएर बसेको छ?के अब फुटबल मरेकै हो? यसमा खेलाडि व्यवस्थापन कोच कप्तानको नैतिक जिम्मेवारि के सबै विष्लेषण भएर नेपाली फुटबलको पनःसंरचना हुनु अत्यावश्यक छ।ज्याकको भुमिका उति दमदार नभएकै हो,कप्तानको लाचारिपनलाइ कहिले सम्म सहने?गणेशको हैकमवाद र घुसखोरिको अन्त्य कहिले?नातावाद कृपावाद नेपाली फुटबलको कमजोरि कहिले सम्म?यस बारे बृहद बहस नभइ नेपाली फुटबलले गति लिन सक्दैन।