Sunday, November 20, 2016

नेपाली फुटबल विकासका लागि गर्ने पर्ने केहि कामहरु

भनिन्छ फलाम तातेको वेलामा नै यसलाइ आकार दिन सजिलो हुन्छ। नेपाली फुटबल पनि अहिले तातेको छ। खेलाडि प्रशिक्षक व्यवस्थापनको मनोबल उच्च छ। लामो निराशा पछि एक पछि अर्को गर्दै नयाँ नयाँ उपलब्धि नेपाली फुटबलले प्राप्त गरिरहेको छ। यो नेपली फुटबलको विकास गर्ने एक सुनौलो मौका हो ।

यहि बेला एन्फाले २ दशकमा नयाँ नेतृत्व पनि पाएको छ। नवनिर्वाचित नेतृत्वले गरेर देखाउने वेला र मौकाका रुपमा यसलाइ लिन सक्ने सुअवसर समेत छ।

एन्फाले अब के कस‍्तो रणनितिसाथ अघि बढ्नु पर्ला ?यस बारे केहि अत्यावश्क कामबारे यहाँ चर्चा गर्न चाहान्छु ।

तत्काल सुरु गर्न सकिने र गर्न पर्ने केहि अल्पकालिन योजनाहरु/रणनितिहरु
१ सर्वप्रथम फुटबल विवादको अन्त्य गर्ने । जसले एएफसि र फिफाबाट हुने सहयोगमा बढोत्तरि हुनेछ र अन्तराष्ट्रिय कारवाहिको भागिदार हुनबाट बच्ने छ।

२ राष्ट्रिय लिगको निरन्तरताको लागि आर्थिक व्यवस्थापकिय खेल राजनितिका मामिलामा एन्फा सधै अग्रसर हुनु आवश्यक छ। विशेष गरि क्लवको आर्थिक सुरक्षाको जिम्मा एन्फाले लिनु पर्दछ।

३ वि डिभिजन लिग र सि डिभिजन लिगको फर्म्याट बदली यसमा सके सम्म मोफसलका टिम सहभागि हुन पाउने गरि तयार गर्नु पर्दछ।
४ अब नेपालको फुटबल संरचना पनि संघियतामा ढाल्दै प्रदेशिय लिग र एक राष्ट्रिय लिगको संरचनामा जानु पर्दछ।

५ निरन्तर अभ्यासको लागि एसियाली स्तरका दोस्रो दर्जाका राष्ट्रहरु जस्तै ओमान, इराक, जोर्डन, बहराइन,उज्वेकिस्तान, मलेसिया, इन्डोनेसिया हङकङ जस्ता टोलिसँग मैत्रिपुर्ण फुटबलको लागि एन्फाले एएफसि फिफासँग पहल कदमि चाल्नु पर्ने देखिन्छ।

६ ए डिभिजन क्लवका खेलाडिहरुलाइ क ख ग र घ बर्गमा विभाजन गरि सेवा सुविधा स्पष्ट पार्नु पर्दछ। वर्गिकरणको लागि स्पष्ट मापदण्ड तयार पार्न तत्काल विशेषज्ञहरुको समिति गठन गर्नु पर्दछ।

७ विद्यालय स्तरिय प्रतियोगिता संचालन गरि फुटबललाइ लोक प्रिय गराउन सहयोग गर्नु पर्दछ।

८ खेल च्यानल स्थापनार्थ आवश्यक पहल गर्नु पर्दछ।

केहि दिर्घकालिन एवं महत्वकांक्षि योजनाहरु
१ सात प्रदेशमा एक एक वटा ठुला प्रतियोगिता आयोजना गर्न मिल्ने प्रदेशिय लिग संचालन गर्न सकिने बहुउदेश्यीय रंगशाला  निर्माण गरिनु पर्दछ।
२ खेलकुद विश्वविद्यालयको अवधारणालाइ मुर्त रुप दिन आवश्यक निकायसँग समन्वय गरि स्थापना गर्न अगाडि बढ्नु पर्ने ।
३  प्रत्यक प्रदेशमा एक एक वटा फुटबल आवाशिय एकेडिमि स्थापना गरि एन्फाले खेलाडि उत्पादनमा जोड दिनु पर्दछ।
४ नेपालमा नेपाली फुटबल फ्यानहरुको  फुटबल प्रतिको लगावलाइ नेपाली फुटबल विकासमा प्रयोग गर्न सकिन्छ जस्तै विभिन्न अवार्डहरु आयोजना उनीहरुकै रुचिका आधारमा गरेर, आन्तरिक खेल पर्यटनको विकास गरेर, आर्थिक भाैतिक सहयोग पनि फुटबल समर्थकबाट पाउन सकिन्छ।

निर्धारण गर्न पर्ने भावि लक्ष्यहरु
अव नेपाली फुटबलले एक युगको अन्त्य गरि अर्को युगमा प्रवेश गर्ने गरेको अवस्थामा आगामि लक्ष्यलाइ पनि उपर्युक्त भिजन सहित नयाँ परिभाषा दिनु जरुरि छ। निम्न लक्ष्य भावि लक्ष्यको रुमा राख्न सकिन्छ।

१ साफ च्यान्पिएनसिपमा भारत मालदिभ्स अफगानिस्तान भन्दा राम्रो प्रदर्शन गरि च्यान्पीएन बन्ने ।
२ फिफा र्‍याङ्किङमा १००-१२० सम्मको स्थान हासिल गर्ने ।
३ कम्तीमा एसियाका मध्यम स्तरका टोली जस्तो मलेसिया ओमान हङकङ इराक सिंगापुर थाइल्यान्ड जस्ता टोलिसँग बराबरि सम्म गर्ने क्षमता विकास गर्ने ।




Saturday, November 19, 2016

नेपाली फुटबलमा थापा युग र पोष्ट थापायुग

अब नेपाली फुटबलको आधुनिक कालखण्डको सफा तरिकाले दुइ भागमा विभाजन भयोः एक गणेश थापा युग र अर्को पोष्ट गणेश थापा युग ।
नेपाली फुटबलमा खेलाडिका रुपमा र प्रशासकको रुपमा तिन दशक भन्दा बढि समय राज गरेका गणेश थापाको विदाइ निकै दुखद तरिकाले भयो।खेलाडिका रुपमा गणेश थापाले निकै समय योगदान गरे । पछि खेल राजनितिमा लागे र नेपाली फुटबलमा एकछत्र राज गरे । नेपाली फुटबलमा धेरै सकारात्मक परिवर्तन पनि ल्याएको देखियो। विस २००४ मा नेपालमा आयोजना भएको एएफसि प्रसिडेन्टकप पछि नेपालमा फुटबल व्यावसायीकरण भएको मानिन्छ। स्थगित भएको राष्ट्रिय लिग सुचारु भयो। फुटबलमा लगानी बढ्यो, खेलाडिको तलव सुविधा बढ्यो । यसको केहि श्रेय गणेश थापालाइ पनि गयो । तर नेपाली राष्ट्रिय फुटबल टोलिको नतिजा भने दिनानुदिन खस्कदै गयो। गणेश थापाको राज जे जस्तो भए पनि चल्दै थियो। मिडियामा आफ्नो राम्रो डिफेन्स गर्न सक्ने खुविले उनी विरुद्ध कोहि पनि जान सकिरहेका थिएनन। तर गत वर्ष नेपाली फुटबल समर्थक एका एक छाँगाबाट खसे जस्ता भए जव कप्तान सागर थापा सहित ५ खेलाडि खेल मिलेमतोको आरोपमा प्रहरिद्धारा गिरफ्तार भए। कल्पनै नगरेको,सोच्नै नसकिने, माफि दिनै नसकिने गल्तिको पर्दाफास जव भयो त्यस पछि गणेश थापाको पतन सुरु भयो । खेलाडि सँग सँगै उनी पनि निलम्बितमा परे । अन्तत पाप धुरिबाट करायो नै।उनी खेलाडि हुँदा वा एन्फाको अद्यक्ष हुँदा नेपालले न कुनै उपाधि जित्यो न खेल नै सुध्रियो। पैसाको खोलो बगाएर खेलाडिलाइ आफ्नो तर्फ मिलाउने, मुख थुन्ने परम्पराको चै थालनी गरे । यी खेल राजनितिका चतुर खेलाडिको युग अव लगभग सकिएको छ। एएफसिले नी निलम्बित गर‍ेपछि अहिले दारा विनाको सिंह भएर थन्किएका छन। यसरि गणेश थापा युग नेपाली फुटबलमा समाप्त भएको छ।
खेल  मिलेमतोको कारण खेलाडि पनि कारवाहिमा पुगे पछि नेपाली फुटबलमा सन्नाटा छायो। नेपाली खेलप्रेमिको मन त यतिसम्म भाँचियो कि खेलाडिलाइ फाँसि दिनु पर्छ भन्ने माग धेरै उठ्यो। नेपाली फुटबललाइ पुनःजागरण गर्ने क्रममा नयाँ टिमसेटको जन्म भयो जहाँ स्थान पाए युवा तथा प्रतिभावान खेलाडिले । फुटबलको यो प्रकरण पछि पहिलो प्रतियोगिता भयो भारतमा भएको १६ औ साफ च्यान्पिएन सिप जसमा नेपाल पहिलो चरणमै बाहिरियो ।त्यसपछि बंगलादेशमा भएको बंगबन्धु गोल्डकप, साफ फुटबलमा स्वर्ण पदक, यु१९ साफ फुटबल अनि हालै भएको एएफसि सोलिडिसाटिकपमा नेपालले गरेको उच्च प्रदर्शन।यि उच्च प्रदर्शनको कारण नै उक्त फिक्सर टिमको बहिरगमनलाइ मानिएकोछ। थापा युगको पिजंडमा कैद नेपाली फुटबल अहिले स्वतन्त्रताको आकासमा उडिरहेको छ।
साथै अखिल नेपाल फुटबल संघले समेत नयाँ नेतृत्वको रुपमा नरेन्द्रराज श्रेष्ठलाइ पाएको छ। आशा छ नवनिर्वाचित अद्यक्षको काँधमा अब ठोस योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारि आएको छ। खेल मैदानको व्यवस्था,क्लवहरुको नियमित अनुगमन र अभिभाकत्व, खेलाडिको व्यावसायीक पक्ष, प्रशिक्षक तथा व्यवस्थापनमा चरम सुधार गर्दै फुटबलबाट देखको स्वाभिमान उचाँ पार्ने, राष्ट्रिय एकता निर्माण गर्ने काममा होमिने हुनुु हुने छ।

Wednesday, November 9, 2016

राष्ट्रवादको लहरः ट्रम्पको विजय

donaldविश्वव्यापीकरणको कारणले हरेक नागरिकको उग्रराष्ट्रवाद द्धितीय विश्वयुद्धको कारणले कम हुदै गएको थिए। खुल्ला बजार निति, एक विश्व एक देश, महासंघ जस्ता कारणले हरेकले राष्ट्रप्रतिको अपनत्व त्यति धेरै आवश्यक नरहेको महसुस गरेका थिए ।तर पछिल्ला विषेश गरि दुइ घटनाले अब मानिस विश्व भुमण्लीकरणबाट क्रमश राष्ट्रवाद तर्फ ध्यान दिन थालेको स्पष्ट हुन‍्छ । प्रथम गत वर्ष वेलायती जनताले इयुबाट छुट्टिने गरेको निर्णय र अहिले "Our America, We American" पक्षधरका डोनाल्ड ट्रम्पको विजय।

यी कुराहरुबाट आफ्नो जमिनबाट मात्र आफ्ना नागरिकले फाइदा लिनु पर्छ भन्ने मान्यताबाट प्ररित भएर यी दुइ घटना भएको देखिन्छ। अमेरिका भौगोलिक हिसाबले मेक्सिको क्यानाडा र क्युवाको छिमेकी देश हो तर उसको सुचाना प्रणालीको विकास, आर्थिक विकास र राजनितिक, शैन्य शक्तिले गर्दा विश्वको सबै देशको आकाशिय छिमेकि बन्न पुगेको छ यसर्थ उसका हरेक निर्णय बांकि विश्वले चासो मानेर हेरि रहेको हुन्छ।हामि जमिनमा खुट्टा टेक्छौ तर आकाश भने अमेरिकाको नियन्त्रणमा छ।हामिले फेर्ने हावामा अमेरिका मिसिएको छ। मोवायल रेडियो टेलिभिजन इमेल इन्टरनेटका तरङ्गहरु हावामा फैलिएका छन जसमा अमेरिकी अपनत्व छ। भुउपग्रह उनीहरुकै छ। हामिले अमेरिकाकै कारणले फ्रिमा फेसबुक ट्विटर चलाउछौ।सस्तोमा इन्टरनेट सुविधा लिएका छौ। हाम्रो दैनिक जिन्‍दगि अमेरिकन उत्पादन बाटै सहजीकरण र चलेको हामि सबैले अनुभव गरेकै छौ। त्यस कारण अमेरिकाका हरेक निति बांकि विश्वले चासोको विषयले हेरिरहेको छ। एउटा सवाल सधै उठ्छ। अमेरिकाको राष्ट्रपति अमेरिकाकै राष्ट्रपति मात्र हो या विश‍्वकै हो? विश्वकै हो भनौ भने सबै देश सार्वभौम सम्पन्न छन। होइन भनौ भने ह्वाइटहाउसको निर्णय सानो भन्दा सानो देशको चुलोसम्म असर पार्ने खालको हुन‍्छ। चुनावि प‍्रचार अभियानमा ट्रम्पले धेरै जसो अमेरिकन स्वार्थकै कुरा गरिरहे जुनकुराले उनले अमेरिकाको हितमा भएकै कुरालाइ अगाडि सार्ने कुरो गरेका छन। यता हिलारिले विश्व जगतमै अमेरिकाको प‍्रभाव भएकाले विश्वका सबै समुदाय अमेरिकाले रेखदेख गर्नु पर्ने अवधारणामा जोड दिएको पाइन्छ। 
अमेरिकामा आप्रवासिहरुद्धारा धेरै जागिर लुटिएको र त्यो बास्तविक अमेरिकनलाइ नै फर्काउने आश्वाशनले अहिले डोनाल्ड ट्रम्पले जितेका छन। उनी आफुलाइ विश्वको शक्तिशाली नेता हैन अमेरिकाको मात्र राष्ट्रपति भएर अमेरिकनकै भलो गर्ने भन्ने उद्गार गरेका छन जसकै कारण आज ह्वाइट हाउसमा उनको प्रवेश हुन सक्यो । खासमा उनले अहिले चुनावी घोषणापत्रमा भनेका कुरा केहि बर्ष पहिला प्रकाशित Make America Great Again भन्ने पुस्तकमा लेखेकै छन। मेक्सिकोको सिमा कडाइ गर्ने , आप्रवाशिहरु नियन्त्रण गर्ने र गुमेका जागिर फिर्ता गरि फेरि अमेरिकामा आर्थिक संबृद्धि हासिल गर्ने उनका योजनाले उनलाइ राष्ट‍्रवादि ठहर्‍याइयो।बेलायत पनि विश्वको एक संवृद्ध राष्ट्र हो।यसका कति निर्णय विश्व अर्थतन्त्रको लागि प्रभावशाली रहन्छन। वेलायत एक उदारवादि देशका रुपमा गनिन्छ तर इयुबाट छुट्टिने निर्णय खुल्ला बजार व्यवस्था भन्दा उल्टो अवस्था हो जहाँ हाम्रो वेलायत हामि वेलायती भन्ने मान्यता नै प्रमुख हुन्छ। सरसरती हेर्दा वेलायतमा पनि उग्रराष्ट्र विस्तारै मौलाउदै गएको प्रष्ट हुन्छ। कुनै संगठनमा आवद्ध नरही नाफा भए आफैलाइ घाटा भएनी आफैलाइ भन्ने सोच साझेदारि पुजीवादको विरुद्धमा रहेको देखिन्छ।नेपालमा पनि केपि शर्मा वलीले राष्ट्रवादको आडमा अहिले राम्रै जनमत निर्माण गरि सकेका छन।नेपालमा त राष्ट्रवादि हुन अमेरिकामा जस्तो स्पष्ट भिजन र ठोस कार्य योजना समेत चाहिन्न मात्र भारत विरोधी निती लिए पुग्छ।देश भक्तिका उद्गार भट्याए पनि नेपाल एक सर्कलको जनमत सजिलै पाइन्छ।
२०६४ सालको चुनावमा प्रचण्ड पार्टिले पनि एक किसिमको सक नै दिएको थियो। अपेक्षित भन्दा बढिमत ल्याएर जितेका प्रचण्ड प्रधानमन्त्री भए। तर खुल्ला राजनितिको अनुभव कम भएर उनले धरै अपरिपक्वता देखाए । अहिले ट्रम्पको विजय नेपालका प्रचण्डको विजयकै झल्को दिएको छ। संयोग नै मान्नु पर्ला ट्रप्को शैली उग्र प्रकारको छ जुन हामिले प्रचण्डमा देखेका थियौ र त्यसको परिणाम भोग्यौ पनि । ट्रम्प राजनतितिमा धेरै परिपक्वता हासिले गर्नै बांकि छ। आफ्नो काँधमा आएको जिम्मेवारिलाइ उनले पुरा कसरि गर्छन भनेर उनका भोटर र बांकि विश्वले पुरै निगरानी गरि रहेका हुनेछन। राष्टवादको नारालाइ मुर्त रुप दिन उनले बोलेका शब्द हुबहु कार्यान्यन गर्न कठिन छैन। इश्लामिक देशसँग सम्बन्ध विगारेर विश्व शान्तिको कल्पना गर्न सकिन्छ। डेमोक्र्याट र तेस्रो विश्वलाइ उनले सम्मान पुर्वक समेट्न ठोस योजना ल्याउनै पर्दछ।