अब नेपाली फुटबलको आधुनिक कालखण्डको सफा तरिकाले दुइ भागमा विभाजन भयोः एक गणेश थापा युग र अर्को पोष्ट गणेश थापा युग ।
नेपाली फुटबलमा खेलाडिका रुपमा र प्रशासकको रुपमा तिन दशक भन्दा बढि समय राज गरेका गणेश थापाको विदाइ निकै दुखद तरिकाले भयो।खेलाडिका रुपमा गणेश थापाले निकै समय योगदान गरे । पछि खेल राजनितिमा लागे र नेपाली फुटबलमा एकछत्र राज गरे । नेपाली फुटबलमा धेरै सकारात्मक परिवर्तन पनि ल्याएको देखियो। विस २००४ मा नेपालमा आयोजना भएको एएफसि प्रसिडेन्टकप पछि नेपालमा फुटबल व्यावसायीकरण भएको मानिन्छ। स्थगित भएको राष्ट्रिय लिग सुचारु भयो। फुटबलमा लगानी बढ्यो, खेलाडिको तलव सुविधा बढ्यो । यसको केहि श्रेय गणेश थापालाइ पनि गयो । तर नेपाली राष्ट्रिय फुटबल टोलिको नतिजा भने दिनानुदिन खस्कदै गयो। गणेश थापाको राज जे जस्तो भए पनि चल्दै थियो। मिडियामा आफ्नो राम्रो डिफेन्स गर्न सक्ने खुविले उनी विरुद्ध कोहि पनि जान सकिरहेका थिएनन। तर गत वर्ष नेपाली फुटबल समर्थक एका एक छाँगाबाट खसे जस्ता भए जव कप्तान सागर थापा सहित ५ खेलाडि खेल मिलेमतोको आरोपमा प्रहरिद्धारा गिरफ्तार भए। कल्पनै नगरेको,सोच्नै नसकिने, माफि दिनै नसकिने गल्तिको पर्दाफास जव भयो त्यस पछि गणेश थापाको पतन सुरु भयो । खेलाडि सँग सँगै उनी पनि निलम्बितमा परे । अन्तत पाप धुरिबाट करायो नै।उनी खेलाडि हुँदा वा एन्फाको अद्यक्ष हुँदा नेपालले न कुनै उपाधि जित्यो न खेल नै सुध्रियो। पैसाको खोलो बगाएर खेलाडिलाइ आफ्नो तर्फ मिलाउने, मुख थुन्ने परम्पराको चै थालनी गरे । यी खेल राजनितिका चतुर खेलाडिको युग अव लगभग सकिएको छ। एएफसिले नी निलम्बित गरेपछि अहिले दारा विनाको सिंह भएर थन्किएका छन। यसरि गणेश थापा युग नेपाली फुटबलमा समाप्त भएको छ।
खेल मिलेमतोको कारण खेलाडि पनि कारवाहिमा पुगे पछि नेपाली फुटबलमा सन्नाटा छायो। नेपाली खेलप्रेमिको मन त यतिसम्म भाँचियो कि खेलाडिलाइ फाँसि दिनु पर्छ भन्ने माग धेरै उठ्यो। नेपाली फुटबललाइ पुनःजागरण गर्ने क्रममा नयाँ टिमसेटको जन्म भयो जहाँ स्थान पाए युवा तथा प्रतिभावान खेलाडिले । फुटबलको यो प्रकरण पछि पहिलो प्रतियोगिता भयो भारतमा भएको १६ औ साफ च्यान्पिएन सिप जसमा नेपाल पहिलो चरणमै बाहिरियो ।त्यसपछि बंगलादेशमा भएको बंगबन्धु गोल्डकप, साफ फुटबलमा स्वर्ण पदक, यु१९ साफ फुटबल अनि हालै भएको एएफसि सोलिडिसाटिकपमा नेपालले गरेको उच्च प्रदर्शन।यि उच्च प्रदर्शनको कारण नै उक्त फिक्सर टिमको बहिरगमनलाइ मानिएकोछ। थापा युगको पिजंडमा कैद नेपाली फुटबल अहिले स्वतन्त्रताको आकासमा उडिरहेको छ।
साथै अखिल नेपाल फुटबल संघले समेत नयाँ नेतृत्वको रुपमा नरेन्द्रराज श्रेष्ठलाइ पाएको छ। आशा छ नवनिर्वाचित अद्यक्षको काँधमा अब ठोस योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारि आएको छ। खेल मैदानको व्यवस्था,क्लवहरुको नियमित अनुगमन र अभिभाकत्व, खेलाडिको व्यावसायीक पक्ष, प्रशिक्षक तथा व्यवस्थापनमा चरम सुधार गर्दै फुटबलबाट देखको स्वाभिमान उचाँ पार्ने, राष्ट्रिय एकता निर्माण गर्ने काममा होमिने हुनुु हुने छ।

No comments:
Post a Comment