विश्वव्यापीकरणको कारणले हरेक नागरिकको उग्रराष्ट्रवाद द्धितीय विश्वयुद्धको कारणले कम हुदै गएको थिए। खुल्ला बजार निति, एक विश्व एक देश, महासंघ जस्ता कारणले हरेकले राष्ट्रप्रतिको अपनत्व त्यति धेरै आवश्यक नरहेको महसुस गरेका थिए ।तर पछिल्ला विषेश गरि दुइ घटनाले अब मानिस विश्व भुमण्लीकरणबाट क्रमश राष्ट्रवाद तर्फ ध्यान दिन थालेको स्पष्ट हुन्छ । प्रथम गत वर्ष वेलायती जनताले इयुबाट छुट्टिने गरेको निर्णय र अहिले "Our America, We American" पक्षधरका डोनाल्ड ट्रम्पको विजय।
यी कुराहरुबाट आफ्नो जमिनबाट मात्र आफ्ना नागरिकले फाइदा लिनु पर्छ भन्ने मान्यताबाट प्ररित भएर यी दुइ घटना भएको देखिन्छ। अमेरिका भौगोलिक हिसाबले मेक्सिको क्यानाडा र क्युवाको छिमेकी देश हो तर उसको सुचाना प्रणालीको विकास, आर्थिक विकास र राजनितिक, शैन्य शक्तिले गर्दा विश्वको सबै देशको आकाशिय छिमेकि बन्न पुगेको छ यसर्थ उसका हरेक निर्णय बांकि विश्वले चासो मानेर हेरि रहेको हुन्छ।हामि जमिनमा खुट्टा टेक्छौ तर आकाश भने अमेरिकाको नियन्त्रणमा छ।हामिले फेर्ने हावामा अमेरिका मिसिएको छ। मोवायल रेडियो टेलिभिजन इमेल इन्टरनेटका तरङ्गहरु हावामा फैलिएका छन जसमा अमेरिकी अपनत्व छ। भुउपग्रह उनीहरुकै छ। हामिले अमेरिकाकै कारणले फ्रिमा फेसबुक ट्विटर चलाउछौ।सस्तोमा इन्टरनेट सुविधा लिएका छौ। हाम्रो दैनिक जिन्दगि अमेरिकन उत्पादन बाटै सहजीकरण र चलेको हामि सबैले अनुभव गरेकै छौ। त्यस कारण अमेरिकाका हरेक निति बांकि विश्वले चासोको विषयले हेरिरहेको छ। एउटा सवाल सधै उठ्छ। अमेरिकाको राष्ट्रपति अमेरिकाकै राष्ट्रपति मात्र हो या विश्वकै हो? विश्वकै हो भनौ भने सबै देश सार्वभौम सम्पन्न छन। होइन भनौ भने ह्वाइटहाउसको निर्णय सानो भन्दा सानो देशको चुलोसम्म असर पार्ने खालको हुन्छ। चुनावि प्रचार अभियानमा ट्रम्पले धेरै जसो अमेरिकन स्वार्थकै कुरा गरिरहे जुनकुराले उनले अमेरिकाको हितमा भएकै कुरालाइ अगाडि सार्ने कुरो गरेका छन। यता हिलारिले विश्व जगतमै अमेरिकाको प्रभाव भएकाले विश्वका सबै समुदाय अमेरिकाले रेखदेख गर्नु पर्ने अवधारणामा जोड दिएको पाइन्छ।
अमेरिकामा आप्रवासिहरुद्धारा धेरै जागिर लुटिएको र त्यो बास्तविक अमेरिकनलाइ नै फर्काउने आश्वाशनले अहिले डोनाल्ड ट्रम्पले जितेका छन। उनी आफुलाइ विश्वको शक्तिशाली नेता हैन अमेरिकाको मात्र राष्ट्रपति भएर अमेरिकनकै भलो गर्ने भन्ने उद्गार गरेका छन जसकै कारण आज ह्वाइट हाउसमा उनको प्रवेश हुन सक्यो । खासमा उनले अहिले चुनावी घोषणापत्रमा भनेका कुरा केहि बर्ष पहिला प्रकाशित Make America Great Again भन्ने पुस्तकमा लेखेकै छन। मेक्सिकोको सिमा कडाइ गर्ने , आप्रवाशिहरु नियन्त्रण गर्ने र गुमेका जागिर फिर्ता गरि फेरि अमेरिकामा आर्थिक संबृद्धि हासिल गर्ने उनका योजनाले उनलाइ राष्ट्रवादि ठहर्याइयो।बेलायत पनि विश्वको एक संवृद्ध राष्ट्र हो।यसका कति निर्णय विश्व अर्थतन्त्रको लागि प्रभावशाली रहन्छन। वेलायत एक उदारवादि देशका रुपमा गनिन्छ तर इयुबाट छुट्टिने निर्णय खुल्ला बजार व्यवस्था भन्दा उल्टो अवस्था हो जहाँ हाम्रो वेलायत हामि वेलायती भन्ने मान्यता नै प्रमुख हुन्छ। सरसरती हेर्दा वेलायतमा पनि उग्रराष्ट्र विस्तारै मौलाउदै गएको प्रष्ट हुन्छ। कुनै संगठनमा आवद्ध नरही नाफा भए आफैलाइ घाटा भएनी आफैलाइ भन्ने सोच साझेदारि पुजीवादको विरुद्धमा रहेको देखिन्छ।नेपालमा पनि केपि शर्मा वलीले राष्ट्रवादको आडमा अहिले राम्रै जनमत निर्माण गरि सकेका छन।नेपालमा त राष्ट्रवादि हुन अमेरिकामा जस्तो स्पष्ट भिजन र ठोस कार्य योजना समेत चाहिन्न मात्र भारत विरोधी निती लिए पुग्छ।देश भक्तिका उद्गार भट्याए पनि नेपाल एक सर्कलको जनमत सजिलै पाइन्छ।
२०६४ सालको चुनावमा प्रचण्ड पार्टिले पनि एक किसिमको सक नै दिएको थियो। अपेक्षित भन्दा बढिमत ल्याएर जितेका प्रचण्ड प्रधानमन्त्री भए। तर खुल्ला राजनितिको अनुभव कम भएर उनले धरै अपरिपक्वता देखाए । अहिले ट्रम्पको विजय नेपालका प्रचण्डको विजयकै झल्को दिएको छ। संयोग नै मान्नु पर्ला ट्रप्को शैली उग्र प्रकारको छ जुन हामिले प्रचण्डमा देखेका थियौ र त्यसको परिणाम भोग्यौ पनि । ट्रम्प राजनतितिमा धेरै परिपक्वता हासिले गर्नै बांकि छ। आफ्नो काँधमा आएको जिम्मेवारिलाइ उनले पुरा कसरि गर्छन भनेर उनका भोटर र बांकि विश्वले पुरै निगरानी गरि रहेका हुनेछन। राष्टवादको नारालाइ मुर्त रुप दिन उनले बोलेका शब्द हुबहु कार्यान्यन गर्न कठिन छैन। इश्लामिक देशसँग सम्बन्ध विगारेर विश्व शान्तिको कल्पना गर्न सकिन्छ। डेमोक्र्याट र तेस्रो विश्वलाइ उनले सम्मान पुर्वक समेट्न ठोस योजना ल्याउनै पर्दछ।
No comments:
Post a Comment