Saturday, March 28, 2015

शैलीमा नविनता,असफल प्रेम कहानिको डायरिःघामकिरि

मैले नयनराज पाण्डेको उलार पछि पढेको कृति यहि हो। लु पढ्ने समय अझै जुरेको छैन।उनको कृतिहरुमा समाजिक यथार्थता उत्रिन्छन,उनको शैलीको म प्रशंशक पनि हुँ।घामकिरिको पढाइले मलाइ बेग्लै स्वाद पस्केको छ।
असफल प्रेम कथाका डायरि झै लाग्छ मलाइ यो घामकिरि।पुस्तकमा छुट्याइएका च्याप्टरमा अलग अलग कथा छन ब्यथा छन। दोस्रो पटक पुस्तक पढ्दा जताबाट पनि पढ्न सकिन्छ। लेखन नै यस्तै खालको छ। कथामा गरिवि,सपना,अस्तव्यस्ता शहरमा सपनाको समाधि कसरि हुन्छन भनेर अलग अलग पात्र खडा गरि उपन्यासकारले एउटै सन्देशमा जोड दिएका छन "प्रेम सर्वव्यापि हो,यसको भोगाइमा उसको सामाजिक स्थितिले फरक पार्छ।"
नेपाली आख्यानमा यस प्रकारको शैलीले अर्कै स्वाद थपेको छ। यथार्थ झै लाग्ने पात्र,स्थान र घटाना यस पुस्तकमा उतारिएता पनि पाण्डेले आफ्नो कल्पनाशिलता र मौलिकता दमदार तरिकाले प्रस्तुत गरेको छ।राजु गाइडको कथा, राजिव गोस्वामिको कथा,मुकुलको वियोगान्त कहानी,रोहित र चारुको कहानी अहो यि दुनियाँका अजब प्रेम कहानी हुन।यि प्रेम कहानी कुनै राजाको भएको भए उनिहरुले संसार पिट्थे । म सबै भन्दा बढि चै चारु र रोहितको प्रेम कहाँनिमा डुवेको हुँ।यो कहानी पढिसकेपछि अनिकति फ्ल्यासब्याकमा पनि पुगे।धेरथोर "एसिमिलेसन" पनि भयो।एक कहानी थियो जसलाइ म आफ्नो भन्न रुचाउछु।प्रेम कहाँबाट उत्पन्न हुन्छ त्यस्को के छ नाप्ने उपाय।अडकल काट्ने बहाना त धरै छन तर मलाइ लाग्छ प्रेममा कुनै तर्क खोजिन्न,प्रेम कुनै कारण हुन्छ।यो गणित हैन जहाँ एक प्लस एक २ हुदैन एक नै हुन्छ।तर हामि सधै दुइ खोज्दछौ र त प्रेम हिन जिन्दगि जिउन बाध्य हुन्छौ।
कथा संरचना खुकुलो तरिकाले एक आपसमा जोडिएका छन।एक कथा अर्को कथाबाट छुट्टिएको छ। मुल कथा नै अन्य कथाको छाँयामा परेको छ जस्तो लाग्छ यो उपन्यासमा । म ठोकुवा गर्न सक्छु नयन र पध्मिनिको कथा भन्दा यो कथा तिनै असफल प्रेम कहानीबाट सुसज्जित छ।

Sunday, March 22, 2015

बुद्ध कहाँ जन्मिएका हुनःएक अस्वभाभिक सवाल हो

  • नवयुग नेपाल

बुद्धको जन्मबारे नेपाली र भारतीयले जुन चासो ब्यक्त गरेका छन त्यो अस्वभाविक,अनावश्यक छ र यो कमजोर मानसिकताको उपज हो।न त गौतम बुद्धका पदचाप,उनको उपदेशको यहाँ कसैलाइ चिन्ता छ,न कसैलाइ कसरि शान्ति भात्रित्व कायम गर्ने सोच कसैमा छ।
गौतम बुद्धका ४ आयाम मध्धे ३ आयाम भारतमै वितेको छ त्यस कारण गौतम बुद्ध प्रति भारतले गौरव गर्नुलाइ नेपालीले टाउको दुखाउनु जरुरि छैन। जन्म नेपालमा भएको विश्वले मानेको छ, स्वेम भारतले पनि मानेको छ।कुनै भारतीय च्यानलले गौतम बुद्ध भारतमा जन्मियो भनेर भन्दैमा गौतम बुद्धको जन्म स्थान परिवर्तन हुने हैन।उनको जन्म यहाँ भयो एक शाक्य परिवारका छोराका रुपमा। बुद्ध हुनु भनेको एक अवस्था हो जो उनले भारतमा गएर प्राप्त गरे उतै ज्ञान छरे उतै मरे। यस कारण गौतम बुद्ध प्रति भारतले अपनत्व ठान्नु अस्वभाविक हैन।अस्वभाविक तव बन्छ जब यसलाइ अनवश्यक उछालमा ल्याइन्छ।
उनको जन्मबारे चासो लिनु भन्दा त्रिपिटक पढौ,उनका उपदेश पढौ,उनका मार्ग दर्शन पढौ हाम्रो जिवनको अमुल्य खुराक बन्छन।गौतम बुद्ध वाज वर्न इन नेपाल लेखेर भनेर बुद्धकै गरिमा घट्नु बाहेकको उपलब्धी मेरो नजरमा छैन।उनी नेपालका मात्र किन विश्वका हुन।बौद्धका मात्र किन सारा मानव जातिका हुन।

Monday, March 16, 2015

नेपाल विरुद्ध भारत विपक्षि रणनिति नबुझि आफ्नो रणनिति बनाउनु नेपालको कमजोरि

  • नवयुग नेपाल

विश्वकप छनौटको आजको भारत विरुद्धको दोस्रो लेगको खेलमा नेपालले विशेष रण निति बनाउनु पर्ने हुन्छ।त्यसका लागि भारतको सम्भावित रणनितिबारे जानाकार रहि सोहि अनुसार खेल पस्किनु पर्छ।मेरो ठम्याइमा आज भारतले रक्षात्मक र काउन्टर एट्याकको रणनिति अपनाउछ किनकि उसलाइ १ गोलको हार वा बरावरि वा १ गोको जित छनौट चरणमा सफल गराउन पर्याप्त रहन्छ।तर भारत किमार्थ हारलाइ पनि चित्त बुझाउने रणनितिले मैदानमा उत्रिने छैन।उसको सम्भावित रणनिति 4-5-1 को रणनिति हुन सक्छ किनकि मैदान आफ्नो भाग उसको राम्रो पकडमा रहन्छ भने मिड्फिल्डर एट्याक र पछाडि दुवै ठाँउमा भुमिका खेल्न सक्ने गरि उत्रिने छन।यो त खेलको १० मिनेट खेले पछि कोचले र सागरले बुझिसक्नु आवाश्क छ।

तर नेपालले उइ सदाझै 4-4-2 को रणनितिले अलिक गाह्रै पर्ला।नेपालले आज 4-3-3 को रणनितिले खेल्दा अझै राम्रो हुने देख्छु।स्ट्राइकिङमा विमल,अनिल र साउखललाइ खेलाउनु पर्छ।साउखल र जुमानुलाइ अल्टरनेटिभका रुपमा राखिनु पर्छ।अथवा भारत 4-4-2 को रणनितिमा खेलेमा नेपालले 4-5-1 को रणनितिमा खेलेमा अझै भारतको रक्षा पंत्तिलाइ व्यस्त राख्ननु का साथै आफ्नो रक्षा पनि गर्न सक्छ। 4-4-2 कै रणनितिमा खेल्दा चै खेलाडि छनौट के कसरि हुन्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ।नेपालले कम्तिमा 3जना स्टाइकर उतार्नु त पर्छ नै।यसले मिडफिल्डमा एक कटौती गर्नु पर‍्ने आवाश्यकता रहन्छ। जसलाइ सेन्टर डिफेन्डरले पुरा गर्ने गरि खेलको छनौट गरिनु पर्छ।

नेपालले सधै राम्रो खेल्ने तर गोल गर्न नसक्नुको कारण स्ट्राइकरहरु विपक्षि रक्षा पंतिका खेलाडिहरुले कसरि बलसँग डिल गरिरहेका छन त्यो नबुझ्नु पनि एक हो।विपक्षि रक्षा पंत्तिमा एक अर्कामा पास गरेर बललाइ मिडफिल्डरमा दिएको देखिन्छ भने यता नेपाली टिमको मिडफिल्ड पनि सकभर पास ब्रेक गरेर बल सकेसम्म होल्ड गर्ने प्रयासमा रहनु पर्छ यदि विपक्षि डिफेन्डरले लामो पासबाट स्ट्राइकरमा दिने कोशिस गरिरहेको छ भने काउन्टर एट्याकको खतरालाइ ध्यानमा राखि कम्तिमा २ मिडफिल्ड र २ डिफेन्डरलाइ चनाखो बनाएर राखिनु पर्छ। बल सके सम्म होल्ड गर्ने प्रयासमा मिडफिल्‍ड र फर्वाडले ध्यान दिनु पर्छ यसको परिणाममा बढि कर्नर प्राप्त गर्न सकिन्छ।एयर बलमा नेपाली स्टाइकर अतिक टाढाबाट उफ्रेर हेडिङ गर्ने रणनिति लिएमा राम्रो हुन्छ किनकि होचो कदका खेलाडिको नेपाली टिममा बाहुल्यता छ।

जति जे रण निति अपनाए नि खेलमा गोल आवाश्क छ जनु नेपाली टिम विगतका ६ खेल देखि गोल विहिन अवस्थामा छन।यसको अन्त्य होस।नेपाली दर्शकले न्याय पाउन।धरै धरै सुभकामना।

नेपली युद्ध साहित्यमा दुइ कृतिःतुइन र खलंगमा हमला

द्धितीय विश्वयुद्ध पछि विश्व साहित्य पनि यसबाट धरै नै प्रभावित भयो।हजारौ पुस्तक छापिए।यसबाट उत्पन्न परिस्थितिको अनि यसबाट पिडित पिडकको सबका बारे पुस्तक लेखियो।२०५२ साल देखि नेपालमा जनयुद्ध सुरु भयो।यसको अहिले सम्म सुरक्षित अवतरण भएको छैन।यसले नेपाली राजनितिमा राम्रा नराम्रा धरै परिणामहरु ल्याएको छ।यसको उपयुक्तता/सार्थकता एक बहसको विषय पनि छ। २०६३ साल पछि जव युद्धरत तत्कालिन एनेकपा माओवादि शान्ति तर्फ उन्मुख भयो तब नेपाली साहित्यमा नेपालको जनयुद्ध र त्यसले जनतामा केकसरि प्रभाव पार्यो भन्ने मै केन्द्रित भयो।

सुरेश प्रान्जलीको तुइन र मदन पुरेस्कार प्राप्त राधा पौड्यालको खलंगामा हमला नेपाली युद्ध साहित्यमा लिनै पर्ने नाम हुन।यि दुवै कृति कुनै राजनिति अभिप्रेरित छैनन।यि पुस्तक त्यस भयानक युद्धका प्रतिविम्ब हुन।एक सरकारि अधिकृतको दृष्टिबाट जनयुद्धको डायरि राधा पौड्यालले ब्यक्त गरेकि छिन भने  एक जुम्ली ठिटोको जनुयुद्धको बयान प्राञ्जलीले गरेका छन।मलाइ छोएको विषय कहाँ भने दुवैले खलंगामा भएका माओवादि हमलाको अंश पढ्दा मलाइ दुइ फरक पुस्तक हैन कि एक अर्काको परिपुरक पुस्तक पढेको भान भयो।

मलाइ लाग्छ प्राञ्जलीको तुइन र राधाको खलंगामा हमला दुबैले दिने सन्देश एकै हो युद्धले धरै नेपालीका काँख रित्ता भए धरैका सिन्दुर पछिए धरै टुहुरा भए।कर्नालीका दुखको बयानका हिसाबले तुइन अझै फराकिलो छ। खलंगामा हमला एक अटोबायोग्राफि हो भने तुइन बास्तविकतामा आधारिक काल्पनिक कथा हो। यसर्थमा प्रान्जली अलिक फराकिलो हुन स्वभाभिक हो। जनयुद्धको सार्थकताका विषयमा बहस त आज पनि चलेकै छ।अझ यसको सुरक्षित अवतरण नभइ सकेको अवस्थामा यो एक चासोको पनि विषय पर्न जान्छ। तर दुवै लेखकहरु यसमा मौन देखिन्छन।यस्तो विषयमा लेख्दा सुन्तुलित भएर लेख्नुले उनीहरुको कला हो र यसलाइ उनीहरुको वैचारिक पक्ष र राजनितिक आस्थासँग जोडेर हेर्नु पाठककै मुर्खता हो।

राजन मुकारुङले त खुलेरै उक्त पुस्तक पहिचान विरोधी र १० बर्षे जनयुद्धलाइ मात्र आतंङ्कको रुपमा हेरिएको पुस्तक भनेर आलोचना नै गरे।मुकारुङ एक साम्प्रदायिक सोच भएका मानिस हुन र यो वेलामा उनको यो सोचाइ छरपस्ट देखिन‍्छ।राधा पौडेल एक सरकारि अधिकृत हुन र उनीको लेखनको पुष्‍ठभुमी र सरसंत सरकारि पक्षका अधिकारी सैनिकसँग भएको नाताले त्यो अर्थ नलगाइएकै वेस।उनी वास्तविक अनुभव जो हो त्यो लेख्न उनको परै स्वतन्त्रता छ र उनीले पुस्तकमा आफै एक पिडितको रुपमा पस्केकि छिन भने उनी युद्धलाइ सार्थक भन्न कर छैन नत उनले निर्रथक नै भनेकि छिन।

पढि लेखि एक असल मान्छे भई कर्नालीको एक ठिटोको सपनामा आएका आयामलाइ प्राञ्जलीले एक पुस्तको रुप दिएका छन।उसलाइ युद्धबाट कर्नालीको दुख जादैन भन्ने थाहा हुदाहुदै पनि बलजफ्ती युद्धको एक अं‌श बन्न पुग्छ। युद्धमा लागे सँगसगै उसका सपनाहरु तुहिन थाल्छ।उसका सपना पुरा हुने क्रममा फेरि उ यता सेनाको पक्राउमा परेपछि आतङ्ककारिको रुपमा सुचिकृत हुन्छ। युद्धका यि असुन्दर टाटाहरुलाइ सुन्दर ढंगले प्रस्तुत गरेका छन।