बुद्ध कहाँ जन्मिएका हुनःएक अस्वभाभिक सवाल हो
- नवयुग नेपाल
बुद्धको जन्मबारे नेपाली र भारतीयले जुन चासो ब्यक्त गरेका छन त्यो अस्वभाविक,अनावश्यक छ र यो कमजोर मानसिकताको उपज हो।न त गौतम बुद्धका पदचाप,उनको उपदेशको यहाँ कसैलाइ चिन्ता छ,न कसैलाइ कसरि शान्ति भात्रित्व कायम गर्ने सोच कसैमा छ।
गौतम बुद्धका ४ आयाम मध्धे ३ आयाम भारतमै वितेको छ त्यस कारण गौतम बुद्ध प्रति भारतले गौरव गर्नुलाइ नेपालीले टाउको दुखाउनु जरुरि छैन। जन्म नेपालमा भएको विश्वले मानेको छ, स्वेम भारतले पनि मानेको छ।कुनै भारतीय च्यानलले गौतम बुद्ध भारतमा जन्मियो भनेर भन्दैमा गौतम बुद्धको जन्म स्थान परिवर्तन हुने हैन।उनको जन्म यहाँ भयो एक शाक्य परिवारका छोराका रुपमा। बुद्ध हुनु भनेको एक अवस्था हो जो उनले भारतमा गएर प्राप्त गरे उतै ज्ञान छरे उतै मरे। यस कारण गौतम बुद्ध प्रति भारतले अपनत्व ठान्नु अस्वभाविक हैन।अस्वभाविक तव बन्छ जब यसलाइ अनवश्यक उछालमा ल्याइन्छ।
उनको जन्मबारे
चासो लिनु भन्दा त्रिपिटक पढौ,उनका उपदेश पढौ,उनका मार्ग दर्शन पढौ हाम्रो
जिवनको अमुल्य खुराक बन्छन।गौतम बुद्ध वाज वर्न इन नेपाल लेखेर भनेर
बुद्धकै गरिमा घट्नु बाहेकको उपलब्धी मेरो नजरमा छैन।उनी नेपालका मात्र किन
विश्वका हुन।बौद्धका मात्र किन सारा मानव जातिका हुन।
No comments:
Post a Comment