मैले १९ बर्षको उमेर सम्म मासु खाइन । मासुको कुरा छाडौ, मासु जस्ता देखिदा मस्यौरा,भन्टा समेत नसुघिकन खादिन थिए । तर मेरो मासु खुवाइ सुरु भयो २० बर्षको उमेरमा जो फुटबल सँग सम्बन्धित छ ।
१२ कक्षा पास गरेपछि जसरि पनि फुटबल खेलाडि बन्छु भनेर सहर पसियो । पेलेले भनेझै मेरो पनि रगत रगतमा फुटबल थियो । फुटबल खेलाडि बाहेक मैले जिन्दगिको कुनै पनि क्षण अरु बनेको कल्पना गरेको छैन। आज म जे छु ति विभिन्न संयोग र परिस्थितिका उपज मात्रै हुन। अझै पनि फुटबल क्रिकेटको नशा कायमै छ। १२ कक्षाको परिक्षा दिए पछि भक्तपुरको मध्यपुर युथ क्लवमा फुटबल सिक्न थाले । फुटबलमा मेरो रोजाइ सधै गोलकिपरको हो, म विहान देखि वेलुकि सम्म मात्र कसरि बल पकड्ने भन्ने बारेमा मात्रै सोच्थे ।थाहा छैन त्यो नशा कहाँबाट चड्यो । चड्न त चड्यो यसरि चड्यो न दिनमा फुर्सद न राति निदाउनै सकियो । जिन्दगिमाको कम्तिमा एक दिन म यस्तो मोडमा पुगे मलाइ लाग्यो कि म खेलाडि बन्छु कि म बहुलाउँछु ।त्यहि दिन म भक्तपुरको गठ्ठाघरमा भर्खरै स्थापित मध्यपुर युथ क्लवमा भर्ना भए ।यो २०६३।६४ को कुरा हो । म सानै देखि ख्याउटे, ज्यान एकदम पातलो, फु गर्दा ढल्ने भन्छन नी, बाँस जस्तो, लुरे,पातलोको लागि जति जति उपनाम छन त्यो सबै मेरै लागि बने झै लाग्थे ।
विस्तारै वेलुका २ घण्टाको अभ्यासमा सहभागि भईयो । हाम्रो सिनियर गुरु हुनुहुन्थ्यो उपेन्द्रमान सिंह । उहाँको पहिलो मेरो नोटिस नै मेरो ज्यानमाथि पर्यो । उहाँले भन्नु भयो यस्तो ज्यानले खेल्न गार्हो हुन्छ । डाइट पेल्नु परो । डाइटमा उहाँले चना अण्डा मासु लगायत को लिस्ट दिनु भयो । मैले भने गुरु म त भेज हुँ । त्यस पछि गुरुले अब ज्यान बनाउनु पर्यो । यस्तो ज्यानले त तिमिलाइ नै बलले गोल गर्दिन्छ भन्नु भयो । त्यस पछि अलि अलि गरेर मासु खाने विचार गरे ज्यान मोटाउट कि भनेर । खान त खान थाले तर निकै जवरजस्ती । करकापमा खाएकोले ज्यानमा लाग्नु त कता कता पेटमा खाको अरुनि बमिटबाट आउन थाल्यो । सुरु सुरु मा त बमिट भयो । अलि अलि गर्दै रस बाट सुरु गरेर खान थाले । के को मोटाउनु, ज्यान जस्ताको तस्तै । जे होस मुखमा परि हाल्यो, घरमा दशैमा गको बेला अलि अलि मुख जुठो गरियो मासुले ।
अहिले पनि मासु म खान जान्दिन । अलिकति बढि चपाउनु परेमा मलाइ बमिट हुन्छ। हाडमा टाँस्सिएको मासु खान जान्दिन । मासु हातमा लिए पछि यो कान हो कि जिब्रो हो,आँखा पो हो कि, कि खसिको त्यो अण्डकोष हो भन्नी लाग्छ अनि कसैले नदेख्ने गरि थालको तल राखिदिन्छु । जे होस अब म साकाहारि रहिन । पुर्ण मांसाहारि पनि रहिन। मासु खान रहर लागेको रेकर्ड छैन । घरमा ल्याएको वेला मेरा लागि छुट्टै तरकारि बन्ने वातावरण पनि रहेन ।
स्वास प्राण भएको एक जिवको हत्या गरि त्यसको मासु हाड खानु कस्तो हिंस्रक झै लाग्छ । यो इको सिस्टम त यसै गरि चलि रहेको छ । हामि हाम्रो स्रोत उसै गरि चलि रहेका छन। आज जसरि सडकमा कुकुरहरु भोतारिएका छन त्यसै गरि खसि बाख्रा कुखुरा भौतारिएलान। जसरि पनि उनीहरुलाइ मान्छेले पाल्दैनन। भोकमरिले मर्दछन। धरै गरिव कृषक खसि वेचि दशै मान्दछन । त्यही खसि काटि मासु वेचि बच्चा बच्चीलाइ चंगा किनिदिन्छन। त्यो बच्चा चौरमा गै कति खुसिले चंगा उडाउछ। कति खुसिले त्यहि मासु बेची किनेको लुगा लगाइ फाराक फुरुक गरि यता उता दगुर्छ। मलाइ लाग्छ त्यो पाप हैन। यो संसारमा जिवात्माहरुको सृष्टि यसरि भएको छ जसमा सबै अटाएका छन। जसमा सबैले जिउने मौका पाउँछन। जंगलमा एउटा बाघ बस्छ जसले बाँच्न मृग मार्नै पर्छ। यदि बाघले मृग मार्न छाडेमा के हुन्छ? एक दिन मृगले चै बाघ मार्ले दिन आउला। मान्छेले मासु खान छाडे के हुन्छ? बाख्रा पाठा पशु पंछिको नाश हुनेछ, संसारको निति विग्रएला । मलाइ लाग्छ जे भइ रहेको छ प्रकृतिको नियम अनुसार नै भई रहेको छ ।
यो हैन कि म मा संवेदना छैन । दशै अघि काट्न ठिक पारिएको खसिको आखामा आँसु देखिन्छ। आफ्नै छेउमा आफ्नो साथि काटिएको देख्दा उ कति आत्तिन्छ । म कल्पनै गर्न सक्दिन। मासु नखाए के हुन्छ? पक्कै मान्छेको प्राण जादैन। इको सिस्टम चलाउनकै लागि मासु खानु पर्ने वाध्यता पनि छैन ।पक्कै मान्छेकै रहरले त खाइ रहेको छ। आफ्नै स्वादको लागि आफ्नै फाइदाको लागि । जसरि हामिलाइ हाम्रो ज्यानको माया छ उसै गरि जनावरलाइ पनि त होला । हामिले जनयुद्धमा विभिन्न कहाँनी कथा माओवादि सैनिकका क्रुरता सुनेका छौ नि, फलानो ठाउँमा माओवादिले उसकै श्रीमतिका अगाडि घाँटि सेरे । सेनाले उसकै लोग्ने अगाडि बलात्कार गरे इत्यादि। कति मन दुख्छ। के यो जनावरमा पनि रहन्छ? के जनावरको यो पिडामा सहानुभुतिको एक अंश मानवमा रहन सक्छ? मासु खाने जति सब हिंसा प्रेमि हुन अथवा मासु नखाने जति सब शान्ति प्रेमि हुन? यो मनोविज्ञकले केलाउलान। मासुको फाइदा बेफाइदा डाक्टरले केलाउलान । म चै यति केलाउछु कसरि मेरो मासु खाने परम्परा फुटबलसँग जोडिएको छ। अस्तु । धन्यवाद।
No comments:
Post a Comment