
विनोद दासमा र हामिमा पनि एक किसिमको फ्रस्ट्रेशन छ कि उनको सक्रिय खेल जिवन र सन्यासको विचको दुरि बढि भयो। चोटपटकको समस्या एकातिर नयाँ नयाँ प्रतिभाको आगमनले उनको खेलजिवन किनारातिर धकेलिदै गयो।उनी देशको क्रिकेटको विजारोपण गरि मलजल हुर्काए बढाए तर निर्णायक उपलब्धीको हिस्सेदार हुन सकेनन । सायद उनलाइ सहि समयको पर्खदा पर्खदा थकित भएको महसुस भएको हुदो हो तर समय उनले सोचे जस्तो आउदै आएन। पुबुदुको रेखदेखमा नेपाली क्रिकेटको सफलता लोभलाग्दो रह्यो तर विचैमा कतै रुपलिए झै, विच्किए झै वा उपेक्षित झै उनी प्रतक्ष क्रिकेटबाट ओझेलिए। यसलाइ सहज रुपमा लिएर निर्धक्क रुपमा नेपाली क्रिकेट कै बारेमा उनले सोचि रहे । कहिले टिमको प्रशिक्षकको रुपमा वा व्यवस्थापकको रुपमा।
पुबुदको आगमनसँगै उनको नेपाली टिममा स्थान रहेन । तर पुवुदु कुनै प्रतिभालाइ पनि उम्कन नदिने व्यक्ति हुन। बाघ कराउनु र बाख्रो हराउनु एकै पटक मात्रै भएको हो। जव नेपाली क्रिकेटले एक नयाँ अध्याय पायो त्यहि अध्यायमा अघिल्लो अध्यायको हिरो छायाँमा पर्यो। उनले खेलाडि जीवनबाट अलगिने सोचेको धरै अघि जस्तो लाग्छ तर त्यत्रो १५ बर्ष क्रिकेट खेले त्यसको विदाइ अलिक स्मरणिय बनाउने समयको पर्खाइमा उनी थिए। उनको नेपाली क्रिकेटमा प्रभाव राम्रो रहदा समय आइसकेको थिएन। जव अहिले समय आयो तव उनको खेलाडिको रुपमा प्रभाव राम्रो छैन। सायद मनमा एक किसिमको फ्रस्ट्रेसन उनमा स्पष्ट देखिएको छ। विनोद एक असल क्रिकेटर मात्रै हैनन एक असल ब्यक्ति पनि हुन।उनको एटिच्युट सदा आफु टिमबाट वाहिर रहदा पनि नेपाली क्रिकेटको विकासमा रह्यो।र मेरा लागि विनोदको ठुलो उपलब्धि पनि यहि हो।
ठिकै छ,सबै कुराको समय आउछ। नेपाली एक महान हस्तीको विदाइको बेला आएको छ। उनलाइ धरै धरै सम्झने छौ।उनलाइ नेपाली क्रिकेटले के दियो त्यो उनले लेखा जोखा गरेका होलान वा भनौ नगरेका पनि होलान तर हामिले उनले नेपाली क्रिकेटमा दिएको योगदानलाइ विर्सिने छैनौ। मेरो अपेक्षा थियो उनी राष्ट्रिय टिममा पुनरागमन गर्ने छन र देशकै ठुलो उपलब्धीको हिस्सेदारको रुपमा उनलाइ विदाइ गर्न पाइने छ। तर केहि छैन विनोद विश्व क्रिकेटका महान हस्ती फिल ह्युज प्रतिको सम्मानको निम्ति खेल्ने छौ। त्यो क्षणमा तिमि सबै भन्दा भाग्यशाली खेलाडि हुनेछौ। उनको आत्माले भन्ने छ "विनोद धन्यवाद तिमिले मेरा लागि ब्याट र बल घुमायौ।"
अब विनोदबाट नेपाली क्रिकेटले के आशा गर्न सक्छ??निश्चयनै एक खेलाडिले निश्चित वा लगभग भनौ ३५ बर्ष पछि खेल जिवनलाइ अगाडि बढाउन सक्दैन। तर उसले खेल बाटै टाढा रहनु पर्छ भन्ने हैन। मेरो ठम्याइमा उनी एक राम्रो कमेन्टेर बन्न सक्छन वा हाल उनी सहायक प्रशिक्षकको जिम्मेवारि सम्हालिरहेका छन त्यसलाइ अझै परिस्कृत ढंगले अगाडि बढाउन सक्छन वा अम्पाइरिङ पनि एक राम्रो विकल्प हुन सक्छ । सायद उनको रुचि प्रशिक्षणमै छन उनी हाल एक खेलाडिका रुपमा अस्ताउन लागे पनि अन्य सयौ राम्रा खेलाडिको उत्पादक हुन सक्छन तर यसका लागि उनलाइ नेपाली क्रिकेट नेतृत्वले कसरि प्रयोग गर्छ त्यो महत्वपुर्ण छ।
No comments:
Post a Comment