- नवयुग नेपाल
विश्वकप छनौटको आजको भारत विरुद्धको दोस्रो लेगको खेलमा नेपालले विशेष रण निति बनाउनु पर्ने हुन्छ।त्यसका लागि भारतको सम्भावित रणनितिबारे जानाकार रहि सोहि अनुसार खेल पस्किनु पर्छ।मेरो ठम्याइमा आज भारतले रक्षात्मक र काउन्टर एट्याकको रणनिति अपनाउछ किनकि उसलाइ १ गोलको हार वा बरावरि वा १ गोको जित छनौट चरणमा सफल गराउन पर्याप्त रहन्छ।तर भारत किमार्थ हारलाइ पनि चित्त बुझाउने रणनितिले मैदानमा उत्रिने छैन।उसको सम्भावित रणनिति 4-5-1 को रणनिति हुन सक्छ किनकि मैदान आफ्नो भाग उसको राम्रो पकडमा रहन्छ भने मिड्फिल्डर एट्याक र पछाडि दुवै ठाँउमा भुमिका खेल्न सक्ने गरि उत्रिने छन।यो त खेलको १० मिनेट खेले पछि कोचले र सागरले बुझिसक्नु आवाश्क छ।
तर नेपालले उइ सदाझै 4-4-2 को रणनितिले अलिक गाह्रै पर्ला।नेपालले आज 4-3-3 को रणनितिले खेल्दा अझै राम्रो हुने देख्छु।स्ट्राइकिङमा विमल,अनिल र साउखललाइ खेलाउनु पर्छ।साउखल र जुमानुलाइ अल्टरनेटिभका रुपमा राखिनु पर्छ।अथवा भारत 4-4-2 को रणनितिमा खेलेमा नेपालले 4-5-1 को रणनितिमा खेलेमा अझै भारतको रक्षा पंत्तिलाइ व्यस्त राख्ननु का साथै आफ्नो रक्षा पनि गर्न सक्छ। 4-4-2 कै रणनितिमा खेल्दा चै खेलाडि छनौट के कसरि हुन्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ।नेपालले कम्तिमा 3जना स्टाइकर उतार्नु त पर्छ नै।यसले मिडफिल्डमा एक कटौती गर्नु पर्ने आवाश्यकता रहन्छ। जसलाइ सेन्टर डिफेन्डरले पुरा गर्ने गरि खेलको छनौट गरिनु पर्छ।
नेपालले सधै राम्रो खेल्ने तर गोल गर्न नसक्नुको कारण स्ट्राइकरहरु विपक्षि रक्षा पंतिका खेलाडिहरुले कसरि बलसँग डिल गरिरहेका छन त्यो नबुझ्नु पनि एक हो।विपक्षि रक्षा पंत्तिमा एक अर्कामा पास गरेर बललाइ मिडफिल्डरमा दिएको देखिन्छ भने यता नेपाली टिमको मिडफिल्ड पनि सकभर पास ब्रेक गरेर बल सकेसम्म होल्ड गर्ने प्रयासमा रहनु पर्छ यदि विपक्षि डिफेन्डरले लामो पासबाट स्ट्राइकरमा दिने कोशिस गरिरहेको छ भने काउन्टर एट्याकको खतरालाइ ध्यानमा राखि कम्तिमा २ मिडफिल्ड र २ डिफेन्डरलाइ चनाखो बनाएर राखिनु पर्छ। बल सके सम्म होल्ड गर्ने प्रयासमा मिडफिल्ड र फर्वाडले ध्यान दिनु पर्छ यसको परिणाममा बढि कर्नर प्राप्त गर्न सकिन्छ।एयर बलमा नेपाली स्टाइकर अतिक टाढाबाट उफ्रेर हेडिङ गर्ने रणनिति लिएमा राम्रो हुन्छ किनकि होचो कदका खेलाडिको नेपाली टिममा बाहुल्यता छ।
जति जे रण निति अपनाए नि खेलमा गोल आवाश्क छ जनु नेपाली टिम विगतका ६ खेल देखि गोल विहिन अवस्थामा छन।यसको अन्त्य होस।नेपाली दर्शकले न्याय पाउन।धरै धरै सुभकामना।


No comments:
Post a Comment