Sunday, June 14, 2015

लिसिसट्राटा

करिब 2500 बर्ष अगाडि ग्रिक नाटककार एरिस्टोफेन्सले लेखेका थिए नाटक लिसिसट्राटा । जसमा लिसिसट्राटा ले जारि पेलेपोनेजियन युद्ध रोकि शान्ति सन्धी गराउनका लागि युद्धरत समग्र ग्रिक लोग्नेमान्छेलाइ दबाब दिन यौन हडतालको योजना बनाउछिन। सम्पुर्ण ग्रिक तथा पेलेपोनका महिलालाइ एककृत गरि नारिको यौवनिक गुणमा ठुलो शक्ति भएको र यदि सबै मिलेर शान्ति सन्धी रोक्न यदि आफ्ना आफ्ना श्रीमान नमानेमा उनीहरुसंग यौवन सम्पर्क नगर्ने भने लहर चलाएकि थिइन। ग्रिक इतिहाँसमा लेखिएको यो सबै भन्दा चाखलाग्दो र निकै अर्थ राख्ने यो घटना आजको युगमा पनि उत्तिकै चर्चा योग्य र चाखलाग्दो विषय छ।
कसले नकार्न सक्छ नारिको यौवन सक्तिको? पुरुषका धरै सोचाइ भोगाइ लाइ प्रभाव पार्न सक्ने,पुरुषलाइ उकास्न र ओराल्न सक्ने ठुलो शक्ति हो। एक अर्काको सहभागिता विना अपुर्ण हुने भएकाले आज सम्म पनि नारि र पुरुषलाइ एक गराउने काम यौवनको हुदै आएको हामि सबैले अनुभव गरेकै हौ। र त्यसले मानव जिवनका धेरै सुक्ष्म कुरामा प्रभाव पार्छ । पुरुष दिनभर नारिको मालिक झै भएर व्यवहार गर्छ तर रातमा उसको मालिक नारि हुन्छे,मतलब रातमा नारिले भनेको चल्छ,पुरुष लाचार हुन्छ। के यौवनको लिसिस्ट्राटाले आज भन्दा 2500 बर्ष अगाडि गरेको योनीवादि क्रान्ति नयाँ रुपमा,नयां तरिकाले अहिले पनि जारि छ। एक सुन्दर युवतीको स्पर्षको लागि पुरुष जातिको जति चाहाना हुन्छ, वा भनौ जसरि प्रस्फुटन हुन्छ के नारिको पनि कोहि पुरुष प्रतिको आकर्षण त्यसरि नै हुन्छ? म चै त्यसरि भन्न सक्दिन। सिधा बुझ्ने गरि भन्नु पर्दा यौवनको मिलनमा केटाले आफु सानो भएरै नारि सामु लम्कने सिद्धान्त प्राकृतिक/पौराणिक हो।