Thursday, April 23, 2015

कति पुस्तक भन्दा के पढियो महत्वपुर्ण ।

कक्षा १० र प्लस २ पढ्दा पुस्तक प्रेम खुब  थियो।सामान्यज्ञान,कथा,उपन्यास पठन गर्दा घडिको सुइत पङ्खा घुमेझै लाग्थ्यो। भन्नै पर्दा खगेन्द्र संगौलाको जुनकिरिको संगित,विपीको तिनघुम्ती,बा आमा र छोरा,धारावासिको झोला कथाले ममा पुस्तक प्रेम जगाएको हो। करियर र जागिरका लागि पछिल्लो समय पेशागत जिवनसँग सम्वन्धीत पुस्तक पढ्ने क्रमले तिब्रता लिदा उपन्यास,कथा,कविता पढ्ने क्रम अलि रोकिएको अवस्था थियो तर अहिले म फेरि तिनै पुस्तकमा फर्किएको छु।
पुस्तक कति पढियो भन्दा पनि के पढियो भन्ने कुराले निक्कै अर्थ राख्दो रैछ र समय/व्यक्तिको उमेरको त्यसमा विषेश सम्बन्ध पनि हुदो रैछ। अश्लीललै सहि कुनै उमेर थियो यौन जन्य उपन्यास लुकि लुकि पढ्दा त्यसको आनन्द चामत्कारिक थियो। विस्तारै उमेर पढ्यो, दृश्टिकोण बद्लियो रुचि विद्यालयका पाठ्यपुस्तक भन्दा सामान्यज्ञान,कथा, कविता,उपन्यासमा गयो। एकल जिवन बाँचिरेकोलाइ सयौ पात्रका जिवन देखियो,बुझियो,जिन्दगिका आयामाबारे सोच्ने अवसर मिल्यो। एक जिन्दगि जिएर सयौ जिन्दगिको अनुभव लिन नसकिने रहेछर? हो पुस्तकले हामिलाइ त्यो अवसर दिन्छ।

खास म अंग्रेजी साहित्यको विद्यार्थी हुँ तर लाज नमानि भन्नु पर्छ मैले आज सम्म ध्यान दिएर अंग्रेजी उपन्यास पढेको औलामा गन्ने जति होलान।जति पाठ्यक्रमका थिए त्यति पनि गेसपेपर र गाइडको सहारामा पढियो,कतिमा ८० नम्बर समेत ल्याइयो तर पुस्तकको कभर समेत याद रहेन। परिक्षामा पास हुनकै लागि पढियो,साहित्यको आनन्द खास थाहै भएन। खै अंग्रेजी साहित्यमा बग्न नसक्यो हो या इच्छशक्तिले हो मलाइ अंग्रेजी साहित्यले लत बसाएन। मेरो अंग्रेजी औषत भन्दा माथि नभएर पनि हुन सक्छ। मलाइ मात्रै यस्तो अनुभव होकि केहो त्यो चै थाहा भएन।खास पुस्तकले के दिन्छ भन्ने कुरा वेला बेलामा बहसको विषय बन्दै आएको छ।त्यसको लागि पाठकको उदेश्य अनुसार फरक रहन्छ।उपन्यास,कथा,कविता आन्नदका स्रोत हुन तर आनन्दमै सिमित राख्नु हुदैन /रहदैन। पुस्तकबाट ज्ञान लिनु असिमित हुन्छ पाठकले असिमित विच आफ्नो क्षमताले भ्याएसम्म लिन सक्छ।निवन्ध/यात्रा संस्मरण,नियात्रा,डाएरि पनि पाठकका रोजाइमा पर्दछन किनकि सबैका रोजाइ भोगाइ गर्ने यि अनुपन माध्यम हुन।
जव म दश कक्षामा पढ्दथे विद्यालयको पुस्तकालयबाट हप्तामा कम्तीमा दुइ वटा पुस्तक झिकिन्थ्यो धरै जसो उपन्यास र कथा हुन्थे। ४/५ को समुह थियो हामि साथिहरुको। सबैले एक बर्षको ५ वटा पुस्तक किन्थ्यौ। जम्मा २० वटा जति पुस्तक भए पछि आलो पालो एक बर्षलाइ बढ्न भ्याइ नभ्याइ हुन्थ्यो। तरुनी खेती,पागल बस्ती, खैरेनीघाट,तीनघुम्ती,बाबु आमा र छोरा,घुम्नेमेच माथि अन्थो मान्छे,शिरिषको फुल,रुपमती, बसाइ,मुनामदन, मोदिआइन,दोषि चश्मा,जंग बहादुर मैले स्कुल वेलामै पढेको हुँ। रेडियो कार्यक्रम श्रतिसम्बेगका कुनै पनि श्रंखला मैले छुटाइन/छुटाएको छैन।समायानुकुल पुस्तकका स्वरुप परिवर्तन हुदै गएका छन।अडियो पुस्तकलाइ नेपालमा चलाउने श्रेय म अच्युत घिमिरेलाइ दिन्छु।उहाँको स्वरमै जादु छ, असल पुस्तक उहाँको वाचनमा झन असल हुन्छ भने पुस्तकका अक्षरमा बाचको जादु मिसिदाको आनन्द अनुभव श्रुतिसम्वेगका श्रोतालाइ थाहै होला। अहिले पिडिएफ र अन्य इन्टरनेटबाट पुस्तकमा पाठकको पहुँच बढेको छ।यसलाइ पनि फाइदैको रुपमा लिनु पर्छ तर वितरकले सर्जकको पसिनाको अवमुल्यन चै गर्नु हुन्न।कसैले सुन्दाहुन,कसैले,पाना पढ्दाहुन,कसैले स्क्रिनमा पाना पल्टाउदा हुन,यि कुरा ब्यक्तिका बानिमा भर पर्छन तर त्यसबाट लिन सक्ने ज्ञान हुनु चै खुवी हो।

पारिजातको शिरिषको फुल सबै भन्दा पढि दोहोर्याएर पढेको पुस्तक हो। कति पय हरफ/अनुच्छेद मलाइ कन्ठस्तै पनि छन।अक्षरको जादु कस्तो हुन्छ भन्ने कुरा शिरिषको फुल पढेपछि थाहा पाए। खगेन्द्र संगौलाको जुनकिरिको संगित मेरो सोचाइ मै प्रभाव पारेको पुस्तक हो। भाषाको आनन्द त छदै छ।हाम्रो देशको परिवेश बुझ्न यो पुस्तकले मलाइ निकै सहयोग गर्यो। तरुनि खेती साहित्यले कसरि परिवेशलाइ जनाउनु पर्छ,कथा भन्नु मात्रै साहित्य हैन रैछ,कसरि कथा भन्ने भन्ने कुरा पो महत्वपुर्ण रैछ भन्ने कुरा बुझाउने पुस्तक हो। मेरो मन पर्ने सुचीमा अग्रपंतिमै आउछ। सुरुभक्तका भाषा र व्यक्त गर्ने तरिका निकै अलग छ।तरुनी खेती,पागल बस्ती,चुली मेरा रोजाइका पुस्तक हुन। पुस्तकका कुराले मलाइ

बास्तम्मा अहिलेको समयमा पुस्तक प्रेम हुनु अलिक गर्हो पनि भयो। हुनुत म भर्खर २६ बर्षको भए म त्यति पुरानो मान्छे हैन तर जव म १७/१८ बर्षको थिए त्यति बेला अहिलेको जस्तो फेसबुक,मोबायल र अन्य विद्युतिय सामाग्रि थिएनन। समय कटाउने माध्यम पुस्तक हुनथ्यो तर अहिले यि सबै झिलीमिली विच पुस्तकलाइ दिने समय कम भएको छ। विद्युतिय पहुचले हाम्रो मन मस्तिस्कलाइ खिचेको छ।पुस्तक पढ्नलाइ वत्ती नै जानु पर्ने स्थिति पनि सिर्जना भएको छ।यसको म पनि एक अनुभवि हुँ। तर समय त निकै भर्टाइल पो भयो अहिले।

अब म लेखक नभए पनि अलिकति लेखका कुरा गर्छु।लेखकहरु पुर्णकालीन लेखक भएका छन। जसले लेखेरै वाँच्छन।पहिलाका लेखक बाँचेर लेख्थे।हामि भन्छौ नि समयले कोल्टे फेरेको छ, यहि त हो नी।यो खुसिको कुरा हो। लेखक बढेका छन,पुस्तक बढेका छन,पाठक बढेका छन तर त्यो बढाइमा गुणस्तरिता बढ्यो कि बढेन भन्ने सवाल छ।त्यसमा मेरो भन्नु यति मात्र छ,यो साउनको भेल नहोस,सदावहार कर्णाली नदि झै होस,निश्चल होस।

Tuesday, April 7, 2015

सक्रिय खेल जिवन र सन्यासको दुरिको फ्रस्ट्रेसनमा विनोद दास



विनोद दासमा र हामिमा पनि एक किसिमको फ्रस्ट्रेशन छ कि उनको सक्रिय खेल जिवन र सन्यासको विचको दुरि बढि भयो। चोटपटकको समस्या एकातिर नयाँ नयाँ प्रतिभाको आगमनले उनको खेलजिवन किनारातिर धकेलिदै गयो।उनी देशको क्रिकेटको विजारोपण गरि मलजल हुर्काए बढाए तर निर्णायक उपलब्धीको हिस्सेदार हुन सकेनन । सायद उनलाइ सहि समयको पर्खदा पर्खदा थकित भएको महसुस भएको हुदो हो तर समय उनले सोचे जस्तो आउदै आएन। पुबुदुको रेखदेखमा नेपाली क्रिकेटको सफलता लोभलाग्दो रह्यो तर विचैमा कतै रुपलिए झै, विच्किए झै वा उपेक्षित झै उनी प्रतक्ष क्रिकेटबाट ओझेलिए। यसलाइ सहज रुपमा लिएर निर्धक्क रुपमा नेपाली क्रिकेट कै बारेमा उनले सोचि रहे । कहिले टिमको प्रशिक्षकको रुपमा वा व्यवस्थापकको रुपमा। 


पुबुदको आगमनसँगै उनको नेपाली टिममा स्थान रहेन । तर पुवुदु कुनै प्रतिभालाइ पनि उम्कन नदिने व्यक्ति हुन। बाघ कराउनु र बाख्रो हराउनु एकै पटक मात्रै भएको हो। जव नेपाली क्रिकेटले एक नयाँ अध्याय पायो त्यहि अध्यायमा अघिल्लो अध्यायको हिरो छायाँमा पर्यो। उनले खेलाडि जीवनबाट अलगिने सोचेको धरै अघि जस्तो लाग्छ तर त्यत्रो १५ बर्ष क्रिकेट खेले त्यसको विदाइ अलिक स्मरणिय बनाउने समयको पर्खाइमा उनी थिए। उनको नेपाली क्रिकेटमा प्रभाव राम्रो रहदा समय आइसकेको थिएन। जव अहिले समय आयो तव उनको खेलाडिको रुपमा प्रभाव राम्रो छैन। सायद मनमा एक किसिमको फ्रस्ट्रेसन उनमा स्पष्ट देखिएको छ। विनोद एक असल क्रिकेटर मात्रै हैनन एक असल ब्यक्ति पनि हुन।उनको एटिच्युट सदा आफु टिमबाट वाहिर रहदा पनि नेपाली क्रिकेटको विकासमा रह्यो।र मेरा लागि विनोदको ठुलो उपलब्धि पनि यहि हो। 

ठिकै छ,सबै कुराको समय आउछ। नेपाली एक महान हस्तीको विदाइको बेला आएको छ। उनलाइ धरै धरै सम्झने छौ।उनलाइ नेपाली क‍्रिकेटले के दियो त्यो उनले लेखा जोखा गरेका होलान वा भनौ नगरेका पनि होलान तर हामिले उनले नेपाली क्रिकेटमा दिएको योगदानलाइ विर्सिने छैनौ। मेरो अपेक्षा थियो उनी राष्ट्रिय टिममा पुनरागमन गर्ने छन र देशकै ठुलो उपलब्धीको हिस्सेदारको रुपमा उनलाइ विदाइ गर्न पाइने छ। तर केहि छैन विनोद विश्व क्रिकेटका महान हस्ती फिल ह्युज प्रतिको सम्मानको निम्ति खेल्ने छौ। त्यो क्षणमा तिमि सबै भन्दा भाग्यशाली खेलाडि हुनेछौ। उनको आत्माले भन्ने छ "विनोद धन्यवाद तिमिले मेरा लागि ब्याट र बल घुमायौ।"

अब विनोदबाट नेपाली क्रिकेटले के आशा गर्न सक्छ??निश्चयनै एक खेलाडिले निश्चित वा लगभग भनौ ३५ बर्ष पछि खेल जिवनलाइ अगाडि बढाउन सक्दैन। तर उसले खेल बाटै टाढा रहनु पर्छ भन्ने हैन। मेरो ठम्याइमा उनी एक राम्रो कमेन्टेर बन्न सक्छन वा हाल उनी सहायक प्रशिक्षकको जिम‍्मेवारि सम्हालिरहेका छन त्यसलाइ अझै परिस्कृत ढंगले अगाडि बढाउन सक्छन वा अम्पाइरिङ पनि एक राम्रो विकल्प हुन सक्छ । सायद उनको रुचि प्रशिक्षणमै छन उनी हाल एक खेलाडिका रुपमा अस्ताउन लागे पनि अन्य सयौ राम्रा खेलाडिको उत्पादक हुन सक्छन तर यसका लागि उनलाइ नेपाली क‍्रिकेट नेतृत्वले कसरि प्रयोग गर्छ त्यो महत्वपुर्ण छ।



Sunday, April 5, 2015

राजनितिक कुसंस्कारःजनतामा फुट ल्याउने निति

एउटै पार्टिको भए मेचिको र महाँकालीको पनि एक अर्काको समर्थन र सहानुभुति राख्छन अनि फरक पार्टिको भए आफ्नै छिमेकि दाजुभाइसँग बोलचालै बन्द गर्ने परिपाटिले समाजलाइ विखण्डन तिर लग्दैछ। आफ्नो विचारमा स्पष्ट रहि अर्काको विचारलाइ सम्मान पुर्वक खण्डन गर्ने परिपाटि बसाल्नु आवाश्वयक छ। असल राजनितिको सुत्र यहि हो।

नेपाली राजनितिक नेताले आफ्ना कार्यकर्तालाइ कुसंस्कारै कुसंसाकार सिकाएका छन। नसिकाए त फेरि लाठि बोक्ने,टायर बाल्ने, रेलिङ भत्काउने कुरामा आउदैनन नि । माथिल्लो तहका नेता त राजनितिक विकृतिबाट ग्रसित छन नै स्थानिय तहका नेता तथा कार्यकर्ता त्यो भन्दा बढि ग्रसित भएको पाएको छु। गाँउ घरका चोरि डकैति भ्रष्टचार बलात्कारका मामिलामा अपराधि कुन पार्टिको हो भन्ने कुराले अर्थ राख्दै आएको छ। यति सम्मकि चोक चोकको चिया पसल समेत फलानो पार्टिका मान्छेको भन्ने अर्थ्याइन्छ। गाँउघर,छरछिमेकमा गर्नै पर्ने सरसहयोग अर्म पर्ममा पार्टिगत धारणाले जरो गाड्नुले नेपाली राजनितिमा यसका नेता/कार्यकर्तामा घटियाँ मानसिकतालाइ छर्लङ्ग पार्दछ।

राजनिति विकासको लागि हो। समग्र आफ्नो क्षेत्रको विकासका लागि आफ्नो पार्टिको सानो स्वार्थ त्याग्ने आँट जव सम्म नेता/कार्यकर्तामा रहदैन तव सम्म न त विकास हुन्छ न त राजनितिले स्वस्थ रुप लिन्छ। राम्रो लाइ राम्रो र नराम्रो लाइ नराम्रो भनेर मानिसका गुण दोष केलाउन नलागि जव फलानो पार्टिको र तिलानो पार्टिको भन्न तिर लागिन्छ तव त्यसले समाजमा विष रोपणको अवस्था सिर्जना गर्दछ र समाजबाट उखेल्न गार्हो पर्ने बृक्ष हुर्कदछ।

चिया पसल,चौतारि सहर बजारका बहस गर्ने ठाँउ हो।यहाँ रैति देखि राजाका गफ हुन्छन, पुरानो नेपाल देखि नयाँ नेपालको गफ हुन्छन। छलफल तथा वाद विवादबाट नयाँ नया सोच निस्कन्छन जुन फाइदा जनक कुरा हो। तर यसैबाट मानविय सम्बन्धमा प्रभाव पर्नु र व्यक्तिगत द्वयेस उत्पनन्न हुन राम्रो हैन।