Sunday, November 20, 2016

नेपाली फुटबल विकासका लागि गर्ने पर्ने केहि कामहरु

भनिन्छ फलाम तातेको वेलामा नै यसलाइ आकार दिन सजिलो हुन्छ। नेपाली फुटबल पनि अहिले तातेको छ। खेलाडि प्रशिक्षक व्यवस्थापनको मनोबल उच्च छ। लामो निराशा पछि एक पछि अर्को गर्दै नयाँ नयाँ उपलब्धि नेपाली फुटबलले प्राप्त गरिरहेको छ। यो नेपली फुटबलको विकास गर्ने एक सुनौलो मौका हो ।

यहि बेला एन्फाले २ दशकमा नयाँ नेतृत्व पनि पाएको छ। नवनिर्वाचित नेतृत्वले गरेर देखाउने वेला र मौकाका रुपमा यसलाइ लिन सक्ने सुअवसर समेत छ।

एन्फाले अब के कस‍्तो रणनितिसाथ अघि बढ्नु पर्ला ?यस बारे केहि अत्यावश्क कामबारे यहाँ चर्चा गर्न चाहान्छु ।

तत्काल सुरु गर्न सकिने र गर्न पर्ने केहि अल्पकालिन योजनाहरु/रणनितिहरु
१ सर्वप्रथम फुटबल विवादको अन्त्य गर्ने । जसले एएफसि र फिफाबाट हुने सहयोगमा बढोत्तरि हुनेछ र अन्तराष्ट्रिय कारवाहिको भागिदार हुनबाट बच्ने छ।

२ राष्ट्रिय लिगको निरन्तरताको लागि आर्थिक व्यवस्थापकिय खेल राजनितिका मामिलामा एन्फा सधै अग्रसर हुनु आवश्यक छ। विशेष गरि क्लवको आर्थिक सुरक्षाको जिम्मा एन्फाले लिनु पर्दछ।

३ वि डिभिजन लिग र सि डिभिजन लिगको फर्म्याट बदली यसमा सके सम्म मोफसलका टिम सहभागि हुन पाउने गरि तयार गर्नु पर्दछ।
४ अब नेपालको फुटबल संरचना पनि संघियतामा ढाल्दै प्रदेशिय लिग र एक राष्ट्रिय लिगको संरचनामा जानु पर्दछ।

५ निरन्तर अभ्यासको लागि एसियाली स्तरका दोस्रो दर्जाका राष्ट्रहरु जस्तै ओमान, इराक, जोर्डन, बहराइन,उज्वेकिस्तान, मलेसिया, इन्डोनेसिया हङकङ जस्ता टोलिसँग मैत्रिपुर्ण फुटबलको लागि एन्फाले एएफसि फिफासँग पहल कदमि चाल्नु पर्ने देखिन्छ।

६ ए डिभिजन क्लवका खेलाडिहरुलाइ क ख ग र घ बर्गमा विभाजन गरि सेवा सुविधा स्पष्ट पार्नु पर्दछ। वर्गिकरणको लागि स्पष्ट मापदण्ड तयार पार्न तत्काल विशेषज्ञहरुको समिति गठन गर्नु पर्दछ।

७ विद्यालय स्तरिय प्रतियोगिता संचालन गरि फुटबललाइ लोक प्रिय गराउन सहयोग गर्नु पर्दछ।

८ खेल च्यानल स्थापनार्थ आवश्यक पहल गर्नु पर्दछ।

केहि दिर्घकालिन एवं महत्वकांक्षि योजनाहरु
१ सात प्रदेशमा एक एक वटा ठुला प्रतियोगिता आयोजना गर्न मिल्ने प्रदेशिय लिग संचालन गर्न सकिने बहुउदेश्यीय रंगशाला  निर्माण गरिनु पर्दछ।
२ खेलकुद विश्वविद्यालयको अवधारणालाइ मुर्त रुप दिन आवश्यक निकायसँग समन्वय गरि स्थापना गर्न अगाडि बढ्नु पर्ने ।
३  प्रत्यक प्रदेशमा एक एक वटा फुटबल आवाशिय एकेडिमि स्थापना गरि एन्फाले खेलाडि उत्पादनमा जोड दिनु पर्दछ।
४ नेपालमा नेपाली फुटबल फ्यानहरुको  फुटबल प्रतिको लगावलाइ नेपाली फुटबल विकासमा प्रयोग गर्न सकिन्छ जस्तै विभिन्न अवार्डहरु आयोजना उनीहरुकै रुचिका आधारमा गरेर, आन्तरिक खेल पर्यटनको विकास गरेर, आर्थिक भाैतिक सहयोग पनि फुटबल समर्थकबाट पाउन सकिन्छ।

निर्धारण गर्न पर्ने भावि लक्ष्यहरु
अव नेपाली फुटबलले एक युगको अन्त्य गरि अर्को युगमा प्रवेश गर्ने गरेको अवस्थामा आगामि लक्ष्यलाइ पनि उपर्युक्त भिजन सहित नयाँ परिभाषा दिनु जरुरि छ। निम्न लक्ष्य भावि लक्ष्यको रुमा राख्न सकिन्छ।

१ साफ च्यान्पिएनसिपमा भारत मालदिभ्स अफगानिस्तान भन्दा राम्रो प्रदर्शन गरि च्यान्पीएन बन्ने ।
२ फिफा र्‍याङ्किङमा १००-१२० सम्मको स्थान हासिल गर्ने ।
३ कम्तीमा एसियाका मध्यम स्तरका टोली जस्तो मलेसिया ओमान हङकङ इराक सिंगापुर थाइल्यान्ड जस्ता टोलिसँग बराबरि सम्म गर्ने क्षमता विकास गर्ने ।




Saturday, November 19, 2016

नेपाली फुटबलमा थापा युग र पोष्ट थापायुग

अब नेपाली फुटबलको आधुनिक कालखण्डको सफा तरिकाले दुइ भागमा विभाजन भयोः एक गणेश थापा युग र अर्को पोष्ट गणेश थापा युग ।
नेपाली फुटबलमा खेलाडिका रुपमा र प्रशासकको रुपमा तिन दशक भन्दा बढि समय राज गरेका गणेश थापाको विदाइ निकै दुखद तरिकाले भयो।खेलाडिका रुपमा गणेश थापाले निकै समय योगदान गरे । पछि खेल राजनितिमा लागे र नेपाली फुटबलमा एकछत्र राज गरे । नेपाली फुटबलमा धेरै सकारात्मक परिवर्तन पनि ल्याएको देखियो। विस २००४ मा नेपालमा आयोजना भएको एएफसि प्रसिडेन्टकप पछि नेपालमा फुटबल व्यावसायीकरण भएको मानिन्छ। स्थगित भएको राष्ट्रिय लिग सुचारु भयो। फुटबलमा लगानी बढ्यो, खेलाडिको तलव सुविधा बढ्यो । यसको केहि श्रेय गणेश थापालाइ पनि गयो । तर नेपाली राष्ट्रिय फुटबल टोलिको नतिजा भने दिनानुदिन खस्कदै गयो। गणेश थापाको राज जे जस्तो भए पनि चल्दै थियो। मिडियामा आफ्नो राम्रो डिफेन्स गर्न सक्ने खुविले उनी विरुद्ध कोहि पनि जान सकिरहेका थिएनन। तर गत वर्ष नेपाली फुटबल समर्थक एका एक छाँगाबाट खसे जस्ता भए जव कप्तान सागर थापा सहित ५ खेलाडि खेल मिलेमतोको आरोपमा प्रहरिद्धारा गिरफ्तार भए। कल्पनै नगरेको,सोच्नै नसकिने, माफि दिनै नसकिने गल्तिको पर्दाफास जव भयो त्यस पछि गणेश थापाको पतन सुरु भयो । खेलाडि सँग सँगै उनी पनि निलम्बितमा परे । अन्तत पाप धुरिबाट करायो नै।उनी खेलाडि हुँदा वा एन्फाको अद्यक्ष हुँदा नेपालले न कुनै उपाधि जित्यो न खेल नै सुध्रियो। पैसाको खोलो बगाएर खेलाडिलाइ आफ्नो तर्फ मिलाउने, मुख थुन्ने परम्पराको चै थालनी गरे । यी खेल राजनितिका चतुर खेलाडिको युग अव लगभग सकिएको छ। एएफसिले नी निलम्बित गर‍ेपछि अहिले दारा विनाको सिंह भएर थन्किएका छन। यसरि गणेश थापा युग नेपाली फुटबलमा समाप्त भएको छ।
खेल  मिलेमतोको कारण खेलाडि पनि कारवाहिमा पुगे पछि नेपाली फुटबलमा सन्नाटा छायो। नेपाली खेलप्रेमिको मन त यतिसम्म भाँचियो कि खेलाडिलाइ फाँसि दिनु पर्छ भन्ने माग धेरै उठ्यो। नेपाली फुटबललाइ पुनःजागरण गर्ने क्रममा नयाँ टिमसेटको जन्म भयो जहाँ स्थान पाए युवा तथा प्रतिभावान खेलाडिले । फुटबलको यो प्रकरण पछि पहिलो प्रतियोगिता भयो भारतमा भएको १६ औ साफ च्यान्पिएन सिप जसमा नेपाल पहिलो चरणमै बाहिरियो ।त्यसपछि बंगलादेशमा भएको बंगबन्धु गोल्डकप, साफ फुटबलमा स्वर्ण पदक, यु१९ साफ फुटबल अनि हालै भएको एएफसि सोलिडिसाटिकपमा नेपालले गरेको उच्च प्रदर्शन।यि उच्च प्रदर्शनको कारण नै उक्त फिक्सर टिमको बहिरगमनलाइ मानिएकोछ। थापा युगको पिजंडमा कैद नेपाली फुटबल अहिले स्वतन्त्रताको आकासमा उडिरहेको छ।
साथै अखिल नेपाल फुटबल संघले समेत नयाँ नेतृत्वको रुपमा नरेन्द्रराज श्रेष्ठलाइ पाएको छ। आशा छ नवनिर्वाचित अद्यक्षको काँधमा अब ठोस योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारि आएको छ। खेल मैदानको व्यवस्था,क्लवहरुको नियमित अनुगमन र अभिभाकत्व, खेलाडिको व्यावसायीक पक्ष, प्रशिक्षक तथा व्यवस्थापनमा चरम सुधार गर्दै फुटबलबाट देखको स्वाभिमान उचाँ पार्ने, राष्ट्रिय एकता निर्माण गर्ने काममा होमिने हुनुु हुने छ।

Wednesday, November 9, 2016

राष्ट्रवादको लहरः ट्रम्पको विजय

donaldविश्वव्यापीकरणको कारणले हरेक नागरिकको उग्रराष्ट्रवाद द्धितीय विश्वयुद्धको कारणले कम हुदै गएको थिए। खुल्ला बजार निति, एक विश्व एक देश, महासंघ जस्ता कारणले हरेकले राष्ट्रप्रतिको अपनत्व त्यति धेरै आवश्यक नरहेको महसुस गरेका थिए ।तर पछिल्ला विषेश गरि दुइ घटनाले अब मानिस विश्व भुमण्लीकरणबाट क्रमश राष्ट्रवाद तर्फ ध्यान दिन थालेको स्पष्ट हुन‍्छ । प्रथम गत वर्ष वेलायती जनताले इयुबाट छुट्टिने गरेको निर्णय र अहिले "Our America, We American" पक्षधरका डोनाल्ड ट्रम्पको विजय।

यी कुराहरुबाट आफ्नो जमिनबाट मात्र आफ्ना नागरिकले फाइदा लिनु पर्छ भन्ने मान्यताबाट प्ररित भएर यी दुइ घटना भएको देखिन्छ। अमेरिका भौगोलिक हिसाबले मेक्सिको क्यानाडा र क्युवाको छिमेकी देश हो तर उसको सुचाना प्रणालीको विकास, आर्थिक विकास र राजनितिक, शैन्य शक्तिले गर्दा विश्वको सबै देशको आकाशिय छिमेकि बन्न पुगेको छ यसर्थ उसका हरेक निर्णय बांकि विश्वले चासो मानेर हेरि रहेको हुन्छ।हामि जमिनमा खुट्टा टेक्छौ तर आकाश भने अमेरिकाको नियन्त्रणमा छ।हामिले फेर्ने हावामा अमेरिका मिसिएको छ। मोवायल रेडियो टेलिभिजन इमेल इन्टरनेटका तरङ्गहरु हावामा फैलिएका छन जसमा अमेरिकी अपनत्व छ। भुउपग्रह उनीहरुकै छ। हामिले अमेरिकाकै कारणले फ्रिमा फेसबुक ट्विटर चलाउछौ।सस्तोमा इन्टरनेट सुविधा लिएका छौ। हाम्रो दैनिक जिन्‍दगि अमेरिकन उत्पादन बाटै सहजीकरण र चलेको हामि सबैले अनुभव गरेकै छौ। त्यस कारण अमेरिकाका हरेक निति बांकि विश्वले चासोको विषयले हेरिरहेको छ। एउटा सवाल सधै उठ्छ। अमेरिकाको राष्ट्रपति अमेरिकाकै राष्ट्रपति मात्र हो या विश‍्वकै हो? विश्वकै हो भनौ भने सबै देश सार्वभौम सम्पन्न छन। होइन भनौ भने ह्वाइटहाउसको निर्णय सानो भन्दा सानो देशको चुलोसम्म असर पार्ने खालको हुन‍्छ। चुनावि प‍्रचार अभियानमा ट्रम्पले धेरै जसो अमेरिकन स्वार्थकै कुरा गरिरहे जुनकुराले उनले अमेरिकाको हितमा भएकै कुरालाइ अगाडि सार्ने कुरो गरेका छन। यता हिलारिले विश्व जगतमै अमेरिकाको प‍्रभाव भएकाले विश्वका सबै समुदाय अमेरिकाले रेखदेख गर्नु पर्ने अवधारणामा जोड दिएको पाइन्छ। 
अमेरिकामा आप्रवासिहरुद्धारा धेरै जागिर लुटिएको र त्यो बास्तविक अमेरिकनलाइ नै फर्काउने आश्वाशनले अहिले डोनाल्ड ट्रम्पले जितेका छन। उनी आफुलाइ विश्वको शक्तिशाली नेता हैन अमेरिकाको मात्र राष्ट्रपति भएर अमेरिकनकै भलो गर्ने भन्ने उद्गार गरेका छन जसकै कारण आज ह्वाइट हाउसमा उनको प्रवेश हुन सक्यो । खासमा उनले अहिले चुनावी घोषणापत्रमा भनेका कुरा केहि बर्ष पहिला प्रकाशित Make America Great Again भन्ने पुस्तकमा लेखेकै छन। मेक्सिकोको सिमा कडाइ गर्ने , आप्रवाशिहरु नियन्त्रण गर्ने र गुमेका जागिर फिर्ता गरि फेरि अमेरिकामा आर्थिक संबृद्धि हासिल गर्ने उनका योजनाले उनलाइ राष्ट‍्रवादि ठहर्‍याइयो।बेलायत पनि विश्वको एक संवृद्ध राष्ट्र हो।यसका कति निर्णय विश्व अर्थतन्त्रको लागि प्रभावशाली रहन्छन। वेलायत एक उदारवादि देशका रुपमा गनिन्छ तर इयुबाट छुट्टिने निर्णय खुल्ला बजार व्यवस्था भन्दा उल्टो अवस्था हो जहाँ हाम्रो वेलायत हामि वेलायती भन्ने मान्यता नै प्रमुख हुन्छ। सरसरती हेर्दा वेलायतमा पनि उग्रराष्ट्र विस्तारै मौलाउदै गएको प्रष्ट हुन्छ। कुनै संगठनमा आवद्ध नरही नाफा भए आफैलाइ घाटा भएनी आफैलाइ भन्ने सोच साझेदारि पुजीवादको विरुद्धमा रहेको देखिन्छ।नेपालमा पनि केपि शर्मा वलीले राष्ट्रवादको आडमा अहिले राम्रै जनमत निर्माण गरि सकेका छन।नेपालमा त राष्ट्रवादि हुन अमेरिकामा जस्तो स्पष्ट भिजन र ठोस कार्य योजना समेत चाहिन्न मात्र भारत विरोधी निती लिए पुग्छ।देश भक्तिका उद्गार भट्याए पनि नेपाल एक सर्कलको जनमत सजिलै पाइन्छ।
२०६४ सालको चुनावमा प्रचण्ड पार्टिले पनि एक किसिमको सक नै दिएको थियो। अपेक्षित भन्दा बढिमत ल्याएर जितेका प्रचण्ड प्रधानमन्त्री भए। तर खुल्ला राजनितिको अनुभव कम भएर उनले धरै अपरिपक्वता देखाए । अहिले ट्रम्पको विजय नेपालका प्रचण्डको विजयकै झल्को दिएको छ। संयोग नै मान्नु पर्ला ट्रप्को शैली उग्र प्रकारको छ जुन हामिले प्रचण्डमा देखेका थियौ र त्यसको परिणाम भोग्यौ पनि । ट्रम्प राजनतितिमा धेरै परिपक्वता हासिले गर्नै बांकि छ। आफ्नो काँधमा आएको जिम्मेवारिलाइ उनले पुरा कसरि गर्छन भनेर उनका भोटर र बांकि विश्वले पुरै निगरानी गरि रहेका हुनेछन। राष्टवादको नारालाइ मुर्त रुप दिन उनले बोलेका शब्द हुबहु कार्यान्यन गर्न कठिन छैन। इश्लामिक देशसँग सम्बन्ध विगारेर विश्व शान्तिको कल्पना गर्न सकिन्छ। डेमोक्र्याट र तेस्रो विश्वलाइ उनले सम्मान पुर्वक समेट्न ठोस योजना ल्याउनै पर्दछ।

Tuesday, October 4, 2016

मेरो ज्यान, मासु अनि फुटबल

मैले १९ बर्षको उमेर सम्म मासु खाइन । मासुको कुरा छाडौ, मासु जस्ता देखिदा मस्यौरा,भन्टा समेत नसुघिकन खादिन थिए । तर मेरो मासु खुवाइ सुरु भयो २० बर्षको उमेरमा जो फुटबल सँग सम्बन्धित छ ।

१२ कक्षा पास गरेपछि जसरि पनि फुटबल खेलाडि बन्छु भनेर सहर पसियो । पेलेले भनेझै मेरो पनि रगत रगतमा फुटबल थियो । फुटबल खेलाडि बाहेक मैले जिन्दगिको कुनै पनि क्षण अरु बनेको कल्पना गरेको छैन। आज म जे छु ति विभिन्न संयोग र परिस्थितिका उपज मात्रै हुन। अझै पनि फुटबल क्रिकेटको नशा कायमै छ। १२ कक्षाको परिक्षा दिए पछि भक्तपुरको मध्यपुर युथ क्लवमा फुटबल सिक्न थाले । फुटबलमा मेरो रोजाइ सधै गोलकिपरको हो, म विहान देखि वेलुकि सम्म मात्र कसरि बल पकड्ने भन्ने बारेमा मात्रै सोच्थे ।थाहा छैन त्यो नशा कहाँबाट चड्यो । चड्न त चड्यो यसरि चड्यो न दिनमा फुर्सद न राति निदाउनै सकियो । जिन्दगिमाको कम्तिमा एक दिन म यस्तो मोडमा पुगे मलाइ लाग्यो कि म खेलाडि बन्छु कि म बहुलाउँछु ।त्यहि दिन म भक्तपुरको गठ्ठाघरमा भर्खरै स्थापित मध्यपुर युथ क्लवमा भर्ना भए ।यो २०६३।६४ को कुरा हो । म सानै देखि ख्याउटे, ज्यान एकदम पातलो, फु गर्दा ढल्ने भन्छन नी, बाँस जस्तो, लुरे,पातलोको लागि जति जति उपनाम छन त्यो सबै मेरै लागि बने झै लाग्थे ।
विस्तारै वेलुका २ घण्टाको अभ्यासमा सहभागि भईयो । हाम्रो सिनियर गुरु हुनुहुन्थ्यो उपेन्द्रमान सिंह । उहाँको पहिलो मेरो नोटिस नै मेरो ज्यानमाथि पर्यो । उहाँले भन्नु भयो यस्तो ज्यानले खेल्न गार्हो हुन्छ । डाइट पेल्नु परो । डाइटमा उहाँले चना अण्डा मासु लगायत को लिस्ट दिनु भयो । मैले भने गुरु म त भेज हुँ । त्यस पछि गुरुले अब ज्यान बनाउनु पर्यो । यस्तो ज्यानले त तिमिलाइ नै बलले गोल गर्दिन्छ भन्नु भयो । त्यस पछि अलि अलि गरेर मासु खाने विचार गरे ज्यान मोटाउट कि भनेर । खान त खान थाले तर निकै जवरजस्ती । करकापमा खाएकोले ज्यानमा लाग्नु त कता कता पेटमा खाको अरुनि बमिटबाट आउन थाल्यो । सुरु सुरु मा त बमिट भयो । अलि अलि गर्दै रस बाट सुरु गरेर खान थाले । के को मोटाउनु, ज्यान जस्ताको तस्तै । जे होस मुखमा परि हाल्यो, घरमा दशैमा गको बेला अलि अलि मुख जुठो गरियो मासुले ।

अहिले पनि मासु म खान जान्दिन । अलिकति बढि चपाउनु परेमा मलाइ बमिट हुन्छ। हाडमा टाँस्सिएको मासु खान जान्दिन । मासु हातमा लिए पछि यो कान हो कि जिब्रो हो,आँखा पो हो कि, कि खसिको त्यो अण्डकोष हो भन्नी लाग्छ अनि कसैले नदेख्‍ने गरि थालको तल राखिदिन्छु । जे होस अब म साकाहारि रहिन । पुर्ण मांसाहारि पनि रहिन। मासु खान रहर लागेको रेकर्ड छैन । घरमा ल्याएको वेला मेरा लागि छुट्टै तरकारि बन्ने वातावरण पनि रहेन ।

स्वास प्राण भएको एक जिवको हत्या गरि त्यसको मासु हाड खानु कस्तो हिंस्रक झै लाग्छ । यो इको सिस्टम त यसै गरि चलि रहेको छ । हामि हाम्रो स्रोत उसै गरि चलि रहेका छन। आज जसरि सडकमा कुकुरहरु भोतारिएका छन त्यसै गरि खसि बाख्रा कुखुरा भौतारिएलान। जसरि पनि उनीहरुलाइ मान्छेले पाल्दैनन। भोकमरिले मर्दछन। धरै गरिव कृषक खसि वेचि दशै मान्दछन । त्यही खसि काटि मासु वेचि बच्चा बच्चीलाइ चंगा किनिदिन्छन। त्यो बच्चा चौरमा गै कति खुसिले चंगा उडाउछ। कति खुसिले त्यहि मासु बेची किनेको लुगा लगाइ फाराक फुरुक गरि यता उता दगुर्छ। मलाइ लाग्छ त्यो पाप हैन। यो संसारमा जिवात्माहरुको सृष्टि यसरि भएको छ जसमा सबै अटाएका छन। जसमा सबैले जिउने मौका पाउँछन। जंगलमा एउटा बाघ बस्छ जसले बाँच्न मृग मार्नै पर्छ। यदि बाघले मृग मार्न छाडेमा के हुन्छ? एक दिन मृगले चै बाघ मार्ले दिन आउला। मान्छेले मासु खान छाडे के हुन्छ? बाख्रा पाठा पशु पंछिको नाश हुनेछ, संसारको निति विग्रएला । मलाइ लाग्छ जे भइ रहेको छ प्रकृतिको नियम अनुसार नै भई रहेको छ ।

यो हैन कि म मा संवेदना छैन । दशै अघि काट्न ठिक पारिएको खसिको आखामा आँसु देखिन्छ। आफ्नै छेउमा आफ्नो साथि काटिएको देख्दा उ कति आत्तिन्छ । म कल्पनै गर्न सक्दिन। मासु नखाए के हुन्छ? पक्कै मान्छेको प्राण जादैन। इको सिस्टम चलाउनकै लागि मासु खानु पर्ने वाध्यता पनि छैन ।पक्कै मान्छेकै रहरले त खाइ रहेको छ। आफ्नै स्वादको लागि आफ्नै फाइदाको लागि । जसरि हामिलाइ हाम्रो ज्यानको माया छ उसै गरि जनावरलाइ पनि त होला । हामिले जनयुद्धमा विभिन्न कहाँनी कथा माओवादि सैनिकका क्रुरता सुनेका छौ नि, फलानो ठाउँमा माओवादिले उसकै श्रीमतिका अगाडि घाँटि सेरे । सेनाले उसकै लोग्ने अगाडि बलात्कार गरे इत्यादि। कति मन दुख्छ। के यो जनावरमा पनि रहन्छ? के जनावरको यो पिडामा सहानुभुतिको एक अंश मानवमा रहन सक्छ? मासु खाने जति सब हिंसा प्रेमि हुन अथवा मासु नखाने जति सब शान्ति प्रेमि हुन? यो मनोविज्ञकले केलाउलान। मासुको फाइदा बेफाइदा डाक्टरले केलाउलान । म चै यति केलाउछु कसरि मेरो मासु खाने परम्परा फुटबलसँग जोडिएको छ। अस्तु । धन्यवाद।

Sunday, September 25, 2016

A review of My Name is Red by Orhan Pamuk

Sultan of Turkey is celebrating his dynasty’s 1000 years of reign(hegira). He commissioned a group of artist to prepare a book to celebrate his glory. Sultan wants the picture to be drawn in Venetian style (European renaissance, where portrait of person as completely real, use of Shadow and perspective, picture in 3D, contains blasphemy elements) as the Sultan wants to impress his Western relations, he wants the book to be illustrated in a modern and western way. A debate among artist takes place about what they have been preparing for Sultan, is it really blasphemy or not? Head illustrator Osman bypassed and project is given to Enisthe who has miniaturist Elegant, Sotrk, Olive and Butterfly. Consequently, two murdered happens, first an orthodox Elegant Efendi, later on unorthodox Enisthe by the colleagues, but murderer is not revealed until the end of the novel. The reasons of murdering are professional rivalry, passion of revenge and religious terror. 
Black, nephew of Enisthe is given to investigate the case. He is also son-i- law of Enisthe too who recently married to his daughter Shekure who was technically married to a Calvary man who was missing for 4 year. The murderer is revealed as olive, In fights with Olive black slightly become handicapped, Black and Shekure lived together but not happily as they had expected. Both expressed their regression of getting marriage. The story ends by telling story to Orhan by his mother expecting him to write.
This novel deals with conflict of Islamic art with Frankesh Style, Venetian style. The novel shows how the issues of art can be cause of somebody’s murder in those 15th century time. It depicts the conflict of two civilizations in the world-east and west.
Key Points of of Novel: East west dichotomy, European renaissance vs Islamic art, Christian vs Ismal, East vs West, anti-islamic element in renaissance.

Sunday, August 7, 2016

Half Girl Friend: मित्रता र प्रेमको उल्झनसँगै अवसरताको खेल

चेतन भगतद्धारा लिखित उपन्यास Half Girlfriend को पठन समाप्त भयो ! औशत स्तरको लेखनको रुपमा मैले यसलाई लिएको छु ! सरल पात्र, सरल कथाका बिच प्रेमको उकुसमुकुस अवस्था चित्रित उपन्यासको लेखन र शैलीले न छ्या भन्न सकिन्छ न वाहि वाही गर्न बाध्य पार्दछ ।

प्रेमका अनेकौ रुप मध्ये सबै भन्दा पीडा मय क्षण नै मित्रता र प्रेमको द्धिवीधाको क्षण हो , जसलाई उपन्यासकारले half girlfriend को संज्ञा दिएका छन ! अक्सर प्रेमिल जीवनमा सबैले यो अवस्था पार गरेका हुन्छन ! प्रेममा पनि विकल्प रोज्ने बेला त्यो अन्तरद्धन्द्ध रहन्छ ! उपलब्ध ब्यक्ति भन्दा कल्पित ब्यक्तिको चाहना बढी हुदा कमसेकम प्रेमको एक पक्ष नराम्ररि पिडामा फस्दछ । अक्सर छरिएको टिप्न खोज्दा पोल्टाको पनि गुमाएको देखिन्छ । रिया एक प्रतिनिधि पात्र हो , जो मित्रतामा अझ प्रेम मैं भनौ एउटा निश्चित दुरी कायम राख्छन जहा आफूले चाहँदाका भखत नजिक र टाढा हुन सक्छन ! प्रेममा वर्गिय द्धन्द्ध छ , दुवै आफ्नो आफ्नो संसारमा अलग छन ! रिया शोफेष्टिकेसनमा रमाउदिन ता कि माधवसँग पनि उ नजिकिन चाहान्छे , सोफेष्टिकेसनमा रमाउछे ताकि रोहनसँग उसको सम्बन्ध उहि रहोस । उसको जिवन रोहनसँगमात्र चल्नेमा उ पुर्णत विश्वश्त छैन त्यसै भएर माधवलाइ विकल्पको रुपमा राखेकि छ ।उसले माधवसँग पनि जिवन विताउने आँट कसेकि छैन किनकि उनीसँग रोहन उपलब्ध छ। रिया माधवको प्रेमले तव मात्र दिशा लिन्छ जब एक रात रोहनले रक्सि खाएर आएर रियालाइ पिट्दछ ।

पठनको सुरुवाति चरणमा रहेका पाठकलाई यो उपन्यासले राम्रै सन्तुष्टि दिन सक्छ ! साधारण भाषा उत्कृष्ठ लेखनको एक अस्त्र हो ,भगरले राम्रो भाषा दिएका छन तर उत्कृष्ठता हासिल अलि गरेको देखिदैन कारण निकै कथामा साधारणपन र साधारण पनलाइ साधारण तरिकाले प्रस्तुत गरिनु । लेखन उतृष्ठ हुन कि त साधारण कुरालाइ असाधारण तरिकाले लेखिनु पर्छ कित असाधारण कुरालाइ साधारण तरिकाले । तर माधुर्य लेखन शैली खोज्ने लाई यो उपन्यासले चित्त बुझाउन अली गाह्रो देखिन्छ ! यो त पाठकको अपेक्षामा भर पर्ने कुरा भयो !माधव रियाको प्रेमिल जिवनमा धेरै खतरा देखियो तर पाठकको अपेक्षा बमोजिम नै प्लेटोनिक प्रेमले सुखद मोड लिएको छ , पाठकको खुसीलाई सर्वापरी मानि लेखकले जो खुसी दिएका छन ! समेसम्म भगत पाठकलाइ निराशा पार्न चाहादैनन ।

Wednesday, April 20, 2016

फेसबुकका केही नौटंकिहरु :-


1.reading फलानो पुस्तक वा watching फलानो movie ! तिनका आँखा पुस्तकमा छ कि timeline मा ? हातमा पुस्तक छ कि mouse/keyboard ? अझै महानौटंकीहरु त चट्ट पुस्तक समातीरहेको फोटो हाल्न समेत पछि पर्दैनन !
‪#‎बरु‬ पढी सके पछि समीक्षा गर्नु लेख्नु अति राम्रो हो !
2.नवयुगले ह्याट्रिक गरुन वा पारसले सेंचुरी हानुन like बिज़्नेसमानहरुको स्पोन्सर्ड add आउन थालिहाल्छ "फलानोलाई सम्मान स्वरुप like गरौ" ! आलु जस्ता तिनकै पोस्टको like को लागि ह्याट्रिक र सेंचुरी हान्देको जस्तो ! बधाई दिनु ,
‪#‎खुसी‬ साटासाट गर्नु पो सम्मान हो त ।
3.आजकल उपदेश गिरिको बिगबिगि छ ! चट्टलार एउटा फोटो खिच्यो अनि कुनै विद्धानको भनाइ पोस्टिदै दुनिया सुधार्ने ठेक्का तिनकै टाउकोमा भएको जस्तो । यस्तो लाग्छ तिनर्को उपदेशले यो पृथ्वी घुम्दै छ, हावा चल्दै छ , सारा चोर फटाहा सत्मार्गमा हिड्ने छन !
‪#‎कमसेकम‬ स्रोत उल्लेख त गर्नु नी ।
4.ल आफ्नो टाइमलाइनमा जे जे लेखुन, मुख चुच्चो पार्दै पोस्टेको फोटो अर्कोको timeline मा किन ट्याग गर्नु ?
5.लाज पचाएका हरु मेसेज मैं "मेरो फोटोमा लाइक गर्लादिनुन" भनी लाइक माग्छन ! तिनका लाइकको ठेक्का नै लेको जस्तो ।
‪#‎आफै‬ लाइक गर्दै अनलाइक गर्दै दिनभर बस्नु नी !
6."यो मेसेज फलानो ठाउँबाट मलाई आएको हो , यति जनालाई फॉर्वर्ड गर्नुस यति दिन भित्र नतिजा आउनेछ बेवास्ता गर्नु भो भने अशुभ हुनेछ।" डाम्ना डाम्नीहरु ! आतकङकारी हरु ,टाउको मैं घन बजारौ जस्तो ।
#बरु चुत्किला share गर्दै बस्नु नी । हास्ने अभ्यास त हुन्थ्यो ।
7."नेपाल vs इन्डियाको आज म्याच हुदैछ ! नेपालले जितोस भन्ने हरु comments गर्नुस , इन्डियाले जित्छ भन्नेहरु like गर्नुस" रे ! गधाहरुलाई comment बढी चैया ! देशको प्रेम देखाउने चै त्यही कॉमेंट मात्रै जस्तो ।
#बरु wikkipedia खोलेर biography पढे पनि हुन्थ्यो नि !
8.सोमवार आउँछ महादेवको फोटो , पशुपतिनाथको फोटो हाल्ने अनि लाइक भेटी माग्ने like बिज़्नेसम्यान लाई rip भन्नु बाहेक के नै सकिन्छ र ?
‪#‎मन्दिर‬ जाऊ पूजा गर न , मन शान्ति हुन्छ !
9."मैले फलानो कॉंटेक्स्टमा भाग लिएको छु , मलाई विजय हुन मात्र यति vote चाहिएको छ प्लीज लाइक" भन्दै लाइक भिखारीहरुको कॉमेंट मेन्षनले जति रिश आफ्नी बुढी उडाउने केटा देखि सँग पनि उठ्दैन ।
‪#‎भाग‬ लिए लेउ , नले नलेउ , जिते जित हारे हार , तिमीले हारे पृथ्वी चेप्टो पक्कै नहोला ।
यो मेरो व्यक्तीगत अनुभव हुन , ब्यक्तिगतरुपमा कसै प्रति लक्षित छैन , आफू पनि सकभर यस्ता कृयाकलापबाट टाढा रहन खोज्दछु !

Monday, February 29, 2016

उरेलु त्यहि भएर फुल्छ होला

बसन्त ऋतु सुरु भएको छ।मलाइ यो बेला सल्लाघारिको सफा चौरमा सुस्ताउन खुब मन पर्छ ।सल्लाघारिको स्वाइ स्वाइ जति सुन्दर संगित ...

Posted by Ramhari Nepal on Monday, February 29, 2016

Thursday, February 11, 2016

नेपाली क्रिकेटको उन्नतीका लागि गर्नै पर्ने केहि कामहरु

नेपाली युवा टोलिको विश्वकपमा दमदार प्रदर्शन सँगै नेपाली क्रिकेटको उपलब्धीको सुचिमा फेरि एउटा उपलब्धी थपिएको छ -यु१९ विश्वकप क्रिकेट २०१६ मा नेपाल न्यूजिल्यान्ड जस्तो कडा प्रतिद्धन्दीलाइ घर पठाउदै दितीय चरणमा प्रवेश । पछिल्ला समय नेपाली सिनीयर टोलीको प्रदर्शन सन्तोषजनक छैन । लिष्ट ए म्याचमा नेपालले लगातार हारको श्रंखला व्यहोरिरहेको थियो । तर यो उपलब्धीले फेरि नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गरेको छ र विश्व क्रिकेटमा नेपालको छवि उच्च बनाएको छ ।

भनिन्छ शिखरमा पुग्नु भन्दा पनि महत्वपुर्ण शिखरमा टिकिरहनु हो । नेपाली क्रिकेटको यो उचाइ सधै कायम रहला त? सरकार, क्यान लगायत मिडिया ऽ प्रायोजकको भुमिका यति नै पर्याप्त छ ?? अवश्य छैन । नेपाली क्रिकेटलाइ सुधारको बाटो तिर लग्ने केहि अल्पकालिन र दिर्घ कालिन प्रयास बारे यहाँ मेरो व्यक्तिगत विचार राख्न चाहान्छु ।

1 तत्काल नेपाली खेलाडिहरुको दर्जा वर्गिकरण A, B,& C गरि दर्जा अनुसार उनीहरुको पारश्रमिक निर्धारण गर्ने । A दर्जामा बर्नमान राष्ट्रिय टिमका र भुतपुर्व (35 वर्ष कमका, सन्यास लिइ नसकेका) सम्पुर्ण खेलाडि, B दर्जामा नेपाली राष्ट्रिय टिमको क्याम्पमा परेका तर राष्ट्रिय टिममा नपरेका खेलाडि + राष्ट्रिय लिगमा उत्कृष्ठ खेल देखाएका तर राष्ट्रिय टिममा नपरेका खेलाडिहरु र C दर्जामा राष्ट्रिय लिग खेल्ने खेलाडिहरु । A दर्जाका खेलाडिको पारश्रमिक मासिक ३५००० , B दर्जाका २५००० र C दर्जाकालाइ १५००० सुुझाउन चाहान्छु ।
2 प्रत्येक प्रदेशमा एक अन्तराष्ट्रिय स्तरको रंगशाला, अन्य पुर्वाधार  तयार पार्ने । राष्ट्रिय प्रतियोगिता पालै पिच्छे हरेक बर्ष हरेक शहरमा गर्ने । यसले क्रिकेटलाइ देश व्यापी बनाउन सहयोग गर्छ ।
3 क्रिकेटको विभिन्न एकेडेमिको स्थापनामा निजी क्षेत्रलाइ सहभागि गराउने ।
4 बर्षमा एउटा राष्ट्रिय लिग , एउटा व्यावसाहिक लिग , घरेलु तीनदिवशिय प्रतियोगिता , अनि एउटा अन्तराष्ट्रिय आमन्त्रीत क्रिकेट प्रतियोगिता गर्ने घरेलु संरचना तयार गर्ने ।
5 निरन्तरको अभ्यास क्रिकेटको सफलताको मुल कुरा हो , नेपाल बंगलादेशऽ भारत तथा श्रीलंका अनि पाकिस्तानसँग नजिक रहेर पनि उनीहरुबाट पर्याप्त फाइदा लिन सकेको छैन । नेपालमा हुने सबै प्रतियोगितामा त्यहाँको राम्रो टोलीलाइ सहभागि गराएर नेपालले अभ्यासबाट लाभ पाउन सक्छ ।
6 विद्यालय र +2 क्रिकेट खेलाडिको उत्पादनको लागि कारखाना नै हुन त्यस कारण विद्यालय स्तरिय र क्याम्पस स्तरिय प्रतियोगिता प्रत्येक प्रदेशमा आयोजना गर्ने ।
7 राष्ट्रिय टिमको ब्याटिङ अभ्यासको लागि बलिङ मेसिन खरिद गरि आक्रामक ब्याटिङको लागि अभ्यस्त पार्ने ।
8 क्रिकेट संघ भित्र हुने भ्रष्टचार र अनियमितताको अन्त्य अावाश्यक छ। त्यसका लागि भ्रष्टचार विरुद्ध सुन्य शहनशिलताको निति अवलम्बन  आवाश्यक ।
9 खेलाडि छनौटलाइ स्वच्छ बनाउन क्रिकेट विज्ञहरुको एक छनौट समिति बनाउने ।
10 अनिवार्य रुपमा एक नेपाली खेलकुद च्यानलको स्थापना गर्ने जसले खेलकुदलाइ युवाहरुको एक अभिन्न अंगको रुपमा विकास गर्न सहयोग गरोस ।

Thursday, January 14, 2016

ऋषिले राजालाइ नाङ्गै घुमाए

एकादेशमा कुनै देशमा एक पापी राजा रहेछन । राजा बडो घमण्डि रहेछन। उनले आफु बाहेक अरुलाइ गन्दै नगन्ने आफु नै सर्वेसर्वा हो भन्ने ठान्ने थिए ।
एक प्रतापी ऋषिले राजासँग बदला लिने विचार गरे । एक दिन राजा प्रजाहरुसँग भेटघाट गर्न भनी पुरै देश घुम्ने विचार गरेछन। ऋषिले यहि मौका छोपे । राजाको कपडाको बन्दोबस्त गर्ने जिम्मा लिए ।

ऋषिले भने 'महाराज हजुरको लागि यस्तो कपडा तयार पारेको छु जुन धर्मात्माले मात्रै देख्छन पापीले देख्न सक्दैनन। ल हजुर अब कपडा फेर्नुस । '
राजाले पुरानो कपडा फेरे अनि ऋषिसँग कपडा मागे । ऋषिले भने 'महाराज हजुरको जीउमा यो नयाँ लुगा गइ सकेको छ। यसलाइ अरु कपडा जस्तो लगाइ रहनै पर्दैन।'
राजा अक्कन बक्क परे । ऋषिले फरि भने 'ल समय वितिसक्यो हजुर अगाडि हिड्नुस । ' राजा निकै अप्ठेरो महसुस गर्दै हिडे । म नाङ्गै छु भनौ पापी जस्तो हुने ऋषि जस्ताको कुरा विश्वास नगरौ पनि भएन । यसरि उने देश भर नाङ्गै डुले ।
_________________________________________________